कर्णाली प्रदेश सभामा दुई वटा विधेयक पेश

सुर्खेत । कर्णाली प्रदेश सरकारले प्रदेश सभामा  दुई वटा विधेयक टेबुल गरेको छ ।

प्रदेश सभाको आइतबार बसेको दशौँ बैठकमा यस अघि सचिवालयमा दर्ता भएका कर्णाली प्रदेश प्रशिक्षण स्थापना र सञ्चालन र कर्णाली प्रदेश खेलकुद विकास ऐन, २०७६ लाई संशोधन गर्न बनेको विधेयक टेबुल गरिएको हो ।

प्रशिक्षण विधेयक आन्तरिक मामिला तथा कानुन मन्त्री कृष्णबहादुर जिसी र खेलकुद विकास विधेयक सामाजिक विकास मन्त्री टेकराज पछाईले विधेयक पेश गरे । विधेयक टेबुल भएसंगै प्रदेशसभाको आगामी बैठक चैत २२ गते मंगलबार दिउसो ३ बजे बस्नेगरी स्थगित भएको छ ।

कर्णाली प्रदेश सभामा दुई वटा विधेयक पेश

ढुवानी नहुँदा औषधि अभाव

कर्णाली प्रदेश सभामा दुई वटा विधेयक पेश

‘संघीयता आयो हाम्रो हातमा केही आएन’

Leave a comment

Your email address will not be published. Required fields are marked *