शिक्षा क्षेत्रमा २० प्रतिशत बजेट छुट्याउन इकानको माग

सुर्खेत, ३१ बैशाख ।
आगामी आर्थिक वर्ष २०७७/०७८ का लागि शिक्षा क्षेत्रमा २० प्रतिशत बजटे छुट्याउन माग गरिएको छ । एडुकेट कर्णाली नेपाल (इकानले) कर्णाली प्रदेश सरकार (सामाजिक विकास मन्त्रालय, आर्थिक मामिला तथा योजना मन्त्रालय, कर्णाली प्रदेश योजना आयोग र वीरेन्द्रनगर नगरपालिकालाई) माग पत्र बुझाउँदै शिक्षा क्षेत्रमा अनिवार्य रुपमा २० प्रतिशत बजेट छुट्याउन माग गरेको हो ।

इकानका अध्यक्ष रनवीर नेपालीकाद्वारा हस्ताक्षरित ज्ञापन पत्र तह अनुसार विद्यालयस्तरको शिक्षकको दरबन्दीको व्यवस्था, शिक्षक मिलान, गरिव तथा दलित छात्रबृद्धिको रकम बृद्धि र दिवा खाजा लगायतका १४ बुँदे माग पत्र बुझाएको छ । कर्णालीको शिक्षामा आमूल परिवर्तन ल्याउन र शैक्षिक गुणस्तर सुधार गर्न शुक्रबार पनि दिनभर पढाई हुने नीति अपनाउन इकानले माग गरेको छ । सम्भव हुने विद्यालयहरुमा इपुस्तकालयको व्यवस्था, विद्यार्थीको हरेक हप्ता स्वास्थ्य चेकजाँच, प्रत्येक विद्यालयमा छात्राहरुका लागि सेनेटरी प्याड र लैगिंकमैत्री शौचाय बनाउन समेत इकानले माग गरेको छ ।

शिक्षा क्षेत्रमा २० प्रतिशत बजेट छुट्याउन इकानको माग

कोरोना संक्रमित २१७ जना (जिल्लागत विवरण), पर्सामा

शिक्षा क्षेत्रमा २० प्रतिशत बजेट छुट्याउन इकानको माग

जुम्लामा एकै दिन ८४९ जनाको नमूना परीक्षण

Leave a comment

Your email address will not be published. Required fields are marked *