छिन्चु स्वास्थ्य चौकीमा निशुल्क महिला स्वास्थ्य शिविर संचालन हुदै

दिलिप ढकाल

सुर्खेत,१७ फागुन ।

पुर्बी सुर्खेतको भेरिगंगा नगरपालिकामा निःशुल्क महिला स्वास्थ्य शिविर तथा महिला स्वास्थ्य जनचेतनामुलक क्यान्सर स्क्रीनिङ शिविर संचालन हुने भएको छ। सशस्त्र प्रहरी बल, नेपालको आयोजनामा मिति २०७९ फाल्गुन १८ गते देखी फागुन २१ गते सम्म शिबिर संचालन हुने भेरिगंगा नगरपालिकाका वडा नम्बर १० का वडा अध्यक्ष बिर बहादुर बस्नेतले जानकारी दिए ।

भेरिगंगा नगरपालिका वडा नम्बर १२ छिन्चु स्वास्थ्य चौकीमा निःशुल्क महिला स्वास्थ्य शिविर तथा महिला स्वास्थ्य जन–चेतनामुलक क्यान्सर स्क्रीनिङ कार्यक्रम बिहान ९ बजे देखि सन्चाल हुनेछ।

सेवाग्राहिको सुबिधालाई मध्यनजर गर्दै वडा अनुसार पालो लगाएर व्यवस्थापन गरिएकाले आफ्नो वडाको पालो परेको दिन भेरिगंगा १२ को छिन्चु स्वास्थ्य चौकीमा उपस्थिति भई सेवा लिन पनि अध्यक्ष बस्नेतले जानकारी दिए । जस अनुसार फाल्गुन १८ गते वडा नम्बर ५ र १२ का महिलाहरुले सेवा पाउने छन् भने फाल्गुन १९ गते ४ र १० नम्बरका महिलाहरुले सेवा पाउने छन्।

यस्तै फाल्गुन २० गते १,२,३ नम्बरका महिला हरुले सेवा पाउने भानियतापानी भेरिगंगा नगरपालिका भित्रका सम्पूर्ण महिलाहरुले दिउसो १ बजे सम्म सेवा लिन पाउनेछन।

छिन्चु स्वास्थ्य चौकीमा निशुल्क महिला स्वास्थ्य शिविर संचालन हुदै

कपुरकोटमा कुकुरको टोकाइबाट चार जना घाइते, गाउँपालिकालाई

छिन्चु स्वास्थ्य चौकीमा निशुल्क महिला स्वास्थ्य शिविर संचालन हुदै

YUGAAWHAN NATIONAL DAILY (2079-11-17)

Leave a comment

Your email address will not be published. Required fields are marked *