बन्दुक भेटिए

रुकुम पश्चिम,१६ फागुन ।

रुकुम पश्चिममा चार थान भरुवा बन्दुक फेला परेका छन् । जिल्ला प्रहरी कार्यालयले मुसीकोट नगरपालिका –८ घोरखानीमा चार थान बन्दुक फेला पारेको हो ।

घोरखानीको किटेनी जङगलमा चार नाल बेवारिसे अवस्थामा रहेका खाली भरुवा बन्दुक फेला पारिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक राजीव श्रेष्ठले बताए । भरुवा बन्दुक स्थानीयले शिकार खेल्नको लागि जङगलको ओढारमा लुकाएर राखेको हुन सक्ने अनुमान गरिएको छ ।

गोप्य सूचनाको आधारमा घोरखानीस्थित जङगलको ओढारमा सोत्तरले छोपेर लुकाई राखेको अवस्थामा बन्दुक फेला पारेको प्रहरीले जनाएको छ । फेला पारिएका बन्दुक जिल्ला प्रहरी कार्यालय ल्याईएको र थप अनुसन्धान भईरहेको प्रहरी निरीक्षक श्रेष्ठले बताए ।

बन्दुक भेटिए

ट्रकले ठक्कर दिंदा  वीरेन्द्रनगरमा एक जनाको मृत्यु

बन्दुक भेटिए

नेपालको तेस्रो जीतः शानदार, लगातार

Leave a comment

Your email address will not be published. Required fields are marked *