जाजरकोटमा औषधी अभाव  

जाजरकोट,१५ फागुन।

जाजरकोट अस्पतालमा औषधीको अभाव भएको छ । अस्पतालमा औषधी अभाव हुँदा बिरामीहरू समस्यामा परेका छन् । दैनिक पुर्जी लिएर औषधी किन्न फार्मेसीमा बिरामी पुगे पनि औषधी पाउन सकेका छैनन् । अस्पतालको फार्मेसीमा औषधी नभएपछि नजिकै अस्पतालकै कर्मचारीले स्थापना गरेको क्लिनिकमा औषधी खरिद गर्न बिरामी बाध्य हुनु परेको छ ।

कर्णाली प्रदेश सरकारको मातहतमा रहेका अस्पतालमा एक साता देखि अस्पतालमा औषधीको अभाव भएको हो । टेन्डर प्रक्रिया पुरा गरी वर्ष भरिलाई पुग्ने औषधि खरिद गर्नुपर्ने प्रक्रिया पुरा नगरेका कारण पटट÷पटक अस्पतालमा औषधीको अभाव हुने गरेको  जनाएको अस्पतालका एक कर्मचारीले जानकारी दिए ।

नेपाल सरकारले तोकेबमोजिम ९८ प्रकारका औषधी सरकारी स्वास्थ्य संस्थामा निःशुल्क पाइन्छ । हाल जिल्ला अस्पतालमा २०–३० प्रकारका औषधी मात्र छन् । बिमा गरेका बिरामीले सबैभन्दा बढी समस्या खेपेका छन् ।

‘उपचारमा केही सहज होला भनेर बिमा गरियो तर अस्पतालमा औषधि पाइएन’ मेडिकलमा गएर महँगो औषधी किन्नुपरेको भेरी नगरपालिका ४ की २९  बर्षीया सरस्वती विकले गुनासो गरे  । उता स्वास्थ्य सेवा कार्यालयका प्रमुख नवराज कँडेलले खरिद प्रक्रिया अगाडि बढेको जानकारी दिए ।

गाेरखापत्र 

जाजरकोटमा औषधी अभाव  

साक्षरता अभियान अलपत्र

जाजरकोटमा औषधी अभाव  

YUGAAWHAN NATIONAL DAILY (2079-11-16)

Leave a comment

Your email address will not be published. Required fields are marked *