नेपाललाई २८६ रनको लक्ष्य, करण केसीले लिए ५ विकेट

काठमाडौं, २ फागुन ।

आइसिसी विश्वकप लिग–२ अन्तर्गत नामिबियाले नेपाललाई २८६ रनको लक्ष्य दिएको छ। कीर्तिपुरस्थित त्रिवि मैदानमा टस जितेको नेपालले फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको नामिबिया २८५ रनमा अलआउट भयो।

नामिबियाका लागिद भान लिङ्गेनले शतक प्रहार गरे। उनले १३३ रन जोडे। १३७ बल खेलेका उनले ९ चौका र ५ छक्का प्रहार गरे। ओपनरद्वय लोहान लाउरेन्स ५ रन र कार्ल बिरकेनस्टक १३ रनमा आउट भए। कप्तान गेरार्ड इरासमसले ५६ रनक‍ो योगदान गरे। उनले भान लिङ्गेनसँग तेस्रो विकेटका लागि १६४ रनको साझेदारी गरे।

यस्तै निकोल इटन ८ रनमा आउट भए भने जान फ्राइलिनलाई करण केसीले १३ रनमा बोल्ड भए। जेन ग्रिन ३४ रन जोडेर आउट भए। बलिङमा नेपालका करण केसीले ५ विकेट लिए। करणले १० ओभरमा ६१ रन खर्चिए। सन्दीप लामिछानेले ३ विकेट लिए। लामिछानेले १० ओभरमा ६६ रन खर्चिए। लामिछाने बलात्कार अभियोग पछि पहिलो पटक मैदान फर्किएका हुन्।

सोमपाल कामी र कुशल मल्लले १–१ विकेट लिए। क्रिकेट विश्वकप लिग–२ अन्तर्गत अन्तिम तीन वटा त्रिकोणात्मक एकदिवसीय सिरिज नेपालले एक महिनाको बीचमा खेल्दैछ। आजदेखि नेपालले आफ्नो सातौं सिरिज खेलेको ह‍ो।

यही तीन वटा सिरिजले नेपालको लिग–२ स्थान निर्धारण हुनेछ। नेपालले फागुन २ गतेदेखि नेपालमा, फागुन १५ देखि युएईमा र फागुन २५ गतेदेखि नेपालमै गरी एक महिनामै तीन वटा सिरिज खेल्ने तालिका छ।

फागुन २ देखि ९ गते सम्म हुने सिरिजमा नेपाल, नामिबिया र स्कटल्यान्डबीच खेल हुनेछ। यस्तै फागुन १५ देखि २२ गतेसम्म हुने सिरिजमा नेपाल, युएई र पपुवा न्युगिनीबीच प्रतिस्पर्धा हुनेछ। यसैगरी फागुन २५ गते चैत २ सम्म हुने सिरिजमा नेपाल, पपुवा न्युगिनी र युएईबीच प्रतिस्पर्धा हुने तय छ।

९ सिरिजमा ४–४ खेल गरी कुल ३६ खेल खेल्ने नेपालले अहिलेसम्म ६ सिरिजका २४ खेल खेलिसकेको छ। अब अन्तिम तीन सिरिजमा नेपालले १२ खेल खेल्नेछ। तीन सिरिजमा चार–चार खेल गरी नेपालले एक महिनामा कुल १२ एकदिवसीय खेल खेल्ने तालिका छ। लिग–२ को ९ वटा सिरिज मध्ये नेपालले आफ्नो सातौं, आठौं र नवौं सिरिज खेल्न लागेको हो।नेपालले एक महिनाको बीचमा पहिलो पटक १२ वटा एकदिवसीय खेल खेल्न लागेको हो।

लिग–२ मा सहभागी ७ टिममध्ये नेपाल छैटौं स्थानमा छ। शीर्ष तीनभित्र परे नेपाल एकदिवसीय विश्वकप ग्लोबल छनोटमा पुग्नेछ भने शीर्ष तीन भित्र पर्न नसके प्लेअफ खेल्नुपर्नेछ। सात टिममध्ये शीर्ष स्थानको स्कटल्यान्ड ग्लोबल छनोटमा पुगिसकेको छ भने अमेरिका र पपुवा न्युगिनी शीर्ष तीनभित्र नपर्ने पक्का भइसकेको छ। अमेरिका र पपुवा न्युगिनीले अफ प्लेअफ छनोट खेल्नु पर्नेछ।

सात टिममध्ये शीर्ष स्थानको स्कटल्यान्ड ग्लोबल छनोटमा पुगिसकेको छ भने अमेरिका र पपुवा न्युगिनी शीर्ष तीनभित्र नपर्ने पक्का भइसकेको छ। अमेरिका र पपुवा न्युगिनीले अफ प्लेअफ छनोट खेल्नु पर्नेछ। लिगमा ३२ खेल खेलेको स्कटल्यान्ड ४६ अंकसहित शीर्ष स्थानमा छ। आफ्ना सबै ३६ खेल खेलेर ४४ अंक जोडेको ओमान दोस्रो स्थानमा रहदा नामिबिया ३० खेलबाट ३७ अंक जोड्दै तेस्रो स्थानमा छ।

सबै ३६ खेल खेलिसकेको अमेरिका ३५ अंकसहित चौथो स्थानमा छ। पाँचौ स्थानको युएईको २६ खेलबाट २७ अंक छ। नेपाल २४ खेलबाट १८ अंक जोडेर छैटौं स्थानमा छ। अन्तिम स्थानको पपुवा न्युगिनीको २८ खेलबाट ५ अंक छ।

नेपाललाई २८६ रनको लक्ष्य, करण केसीले लिए ५ विकेट

वडा कार्यालय द्वारा जेष्ठ नागरिकलाई सम्मान

नेपाललाई २८६ रनको लक्ष्य, करण केसीले लिए ५ विकेट

यातायात मजदुरहरूले गरेको आन्दोलन स्थगित

Leave a comment

Your email address will not be published. Required fields are marked *