एमाले अध्यक्ष ओली र भारतीय विदेश सचिव क्वात्राबीच भेटवार्ता

काठमाडौं,२ फाल्गुन ।

नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली र भारतीय विदेश सचिव विनयमोहन क्वात्राबीच भेटवार्ता भएको छ। बालकोटमा सोमबार साँझ भएको भेटवार्तामा द्विपक्षीय पारस्परिक हितका विभिन्न विषयमा छलफल भएको एमालेका नेता डा. राजन भट्टराईले जानकारी दिए।

भेटमा अध्यक्ष ओलीले दुवै देशबीच घनिष्ठ, नमूना र जनस्तरको सम्बन्ध रहिआएको उल्लेख गर्दै दुवै छिमेकी मुलुक एकअर्काको सहयोगी बनेर अघि बढ्नुपर्ने धारणा व्यक्त गरेका थिए। उनले कुनै समस्या भए वार्ता र सहमतिका आधारमा समाधान गरेर अघि बढ्नुपर्ने बताएको भट्टराईले जानकारी दिए।

विदेशसचिव क्वात्राले दुवै देशबीचको सम्बन्ध राम्रो अवस्थामा रहेको आफूले पाएको उल्लेख गर्दै द्विपक्षीय सहमति कार्यान्वयनको तहमा रहेको र कार्यान्वयन नभएका सहमतिलाई पनि अघि बढाउने सहमति भएको जानकारी गराएका थिए।

विदेशसचिव क्वात्रा परराष्ट्रसचिव भरतराज पौड्यालको निमन्त्रणामा नेपालको दुईदिने औपचारिक भ्रमणका लागि नेपाल आएका हुन्। यसअघि उनले आजै राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग छुट्टाछुट्टै शिष्टाचार भेटवार्ता गरेका थिए। उनले परराष्ट्रमन्त्री विमला राई पौड्यालसँग पनि शिष्टाचार भेटवार्ता गरेका थिए।

विदेशसचिवको कार्यभार सम्हालेपछिको यो उनको पहिलो नेपाल भ्रमण हो। दुई देशबीचको नियमित उच्चस्तरीय भेटवार्ताको परम्परा र भारतको ‘छिमेकी पहिलो’ नीतिअन्तर्गत भारतले नेपालसँगको सम्बन्धलाई दिएको प्राथमिकताअनुरुप यो भ्रमण भएको भारतीय विदेश मन्त्रालयले जनाएको छ।

एमाले अध्यक्ष ओली र भारतीय विदेश सचिव क्वात्राबीच भेटवार्ता

बस समितिको आक्रमणबाट सुर्खेतमा पत्रकार थापा घाइते

एमाले अध्यक्ष ओली र भारतीय विदेश सचिव क्वात्राबीच भेटवार्ता

वार्ता गर्न सरकारले बोलायो आन्दोलनरत यातायात मजदुरलाई

Leave a comment

Your email address will not be published. Required fields are marked *