वार्ता गर्न सरकारले बोलायो आन्दोलनरत यातायात मजदुरलाई

काठमाडौं, २ फागुन ।

सरकारले आन्दोलनरत यातायात मजदुरलाई वार्तामा बोलाएको छ। ट्राफिक जरिवानाको विषयलाई लिएर यातायात मजदुरहरूले सोमबार बालाजु बसपार्क क्षेत्रमा प्रहरीको गाडी तोडफोड गर्नाका साथै आगजनी गरेका थिए। ट्राफिकले वृद्धि गरेको जरिवानाविरुद्ध नेपाल यातायात स्वतन्त्र मजदुर सङ्गठन, अखिल नेपाल यातायात मजदुर सङ्घ र नेपाल यातायात मजदुर सङ्घले आयोजना गरेको आन्दोलनका क्रममा मजदुरहरूले आगजनी तथा तोडफोड गरेका हुन्।

आन्दोलनकारीले ट्राफिक प्रहरीले सडक व्यवस्थापनमा राखेको डिभाइडर, चोकमा प्रहरी उभिने आइल्यान्ड लगायतका संरचनामा समेत आगो लगाइदिएका छन्। बालाजु, माछापोखरी, गोँगबु र सामाखुसी चोकमा मजदुरहरूले सोमबार सडक अवरुद्ध गरेका थिए। आन्दोलनकारीले प्रहरीका दुईवटा भ्यानमा आगजनी गर्नाका साथै माछापोखरी चोकमा रहेको प्रहरीको अस्थायी पोष्ट भत्काइदिएका छन्।

आन्दोलनरत यातायात मजदुरलाई मंगलबार बिहान ८ बजे वार्ताका लागि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा आह्वान गरिएको यातायात विभागका महानिर्देशक तुल्सी गौतमले बताए। विभागले सबै पक्षलाई संयमित हुन आग्रह गर्दै पूर्वघोषित तथा अघोषित सबै मागबारे छलफलबाट समाधान गर्न पनि आग्रह गरेको छ।

वार्ता गर्न सरकारले बोलायो आन्दोलनरत यातायात मजदुरलाई

एमाले अध्यक्ष ओली र भारतीय विदेश सचिव

वार्ता गर्न सरकारले बोलायो आन्दोलनरत यातायात मजदुरलाई

जनयुद्ध दिवसमा कसले के भने ?

Leave a comment

Your email address will not be published. Required fields are marked *