बस समितिको आक्रमणबाट सुर्खेतमा पत्रकार थापा घाइते

सुर्खेत,२ फाल्गुन

सुर्खेतमा सयुक्त यातायात समितिका युवाहरुले पत्रकारलाई कुटपिट गरेका छन् । समाचार संकलनका लागि बसपार्क पुगेका पत्रकार बलबहादुर थापालाई सयुक्त यातायात समितिका युवाहरुले कुटपिट गरेका हुन् । कुटपिटमा लाइकाखबर डटकमका सञ्चालक बलबहादुर थापा घाईते भएका छन् ।

आइतबार दिउँसो सुर्खेतको बसपार्क अगाडि बसको ठक्करबाट महिलाको मृत्यु भएपछि आफन्तहरु आन्दोलन गरेका थिए । आइतबार रातीदेखि भएको आन्दोनको सोबार बिहानदेखि पुन ः मृतकका आफन्त र बसपार्क समितिबीच बिबाद भएको थियो । बिबाद भईरहेका बेला भिडियो खिचिरहेका पत्रकार थापाको टाउकोमा समितिका युवाहरुले बोतल र बिल्चाले हिर्काएका थिए ।

प्रहरीको भीडमै आफन्तहरुले गरेको आन्दोलनको भिडियो खिच्दै गरेका पत्रकारहरुलाई सयुक्त यातायात समितिका केही व्यक्तीहरुले भिडियो किन खिचेको भन्दै धम्काएर हातपात गरेका थिए । हातमा क्यामेरा समातेको देखेर पत्रकार थापालाई समितिका एक जना रातो ज्याकेट र कालो पाइन्ट लगाएका व्यक्तीले कोको कोलाको बोत्तलले टाउँकोमा हानेका थिए ।

पत्रकार कुटिदा प्रहरी मुखदर्शक

वीरेन्द्रनगरको बसपार्कमा सयुक्त यातायात समितिका युवाहरुबाट पत्रकार कुटिदा प्रहरी मुखदर्शक बनेको छ । प्रहरीलाई नै उछिनेर एक जना युवाले पत्रकारको टाउकोमा हिर्काउदा पनि प्रहरीले ती युवालाई रोक्न पनि रोकेन् र पक्राउ पनि गरेन् । बरु उल्टै ती युवालाई बसपार्कभित्र पठाएर जोगाएको प्रत्यक्षदर्शीले बताए ।

प्रहरीकै भीडबाट आएका एक जना अराजक युवाले पत्रकारलाई टाउकोमा हिर्कोएको भिडियो समेत सामाजिक संजालमा भाईरल छ । सुर्खेत स्थित नेपाल पत्रकार महासंघ, नेपाल प्रेस युनियन, प्रेस चौतारी लगायतका बिभिन्न संगठनका प्रतिनिधि तथा सक्रिय पत्रकारहरु जिल्ला प्रहरी कार्यालयमा पुगेर पत्रकार कुटपिटमा संलग्नलाई कानुनी कारबाही गर्न माग समेत गरेका छन् । उनीहरुले जिल्ला प्रहरी कार्यालय

सुर्खेतका सूचना अधिकारी एवं डिएसपी लक्ष्मण शाहीलाई भेटेर घटनाका बिषयमा ध्यनाकर्ष पनि गराएका छन् । डिएसपी शाहीले पत्रकार कुटपिटमा संलग्नलाई का

रबाही गर्न आफुहरु कुनै पनि कसुर बाँकी नराख्ने बताए । उनले भने, हामी दोषिलाई कारबाही गर्छौँ । किटानी जाहेरी सहित आउनुस । पत्रकार कुटिएको भिडियो मैले पनि पाएको छु । प्रहरीले रोक्नु पर्ने सुरक्षा गर्नुपर्ने हो तर स्थलगत रुपमा खटिएका कमाण्डरको कम्जोरी भयो । आफुहरु आन्दोलन नियन्त्रण गर्न लागिरहेको बताउदै यातायात समिति र पीडित पक्षहरुबीच पनि सहमतिको प्रयास जारी रहेको उनले बताए ।

वीरेन्द्रनगरमा आन्दोलनले उग्र रुप लिएपछि प्रहरीले अश्रु ग्यास प्रहार गरेको छ । मंगलगढी चोकमा आन्दोलनकारी र प्रहरीबीचको दोहोरो झडपमा प्रहरीले ४ राउण्ड अश्रु ग्यास प्रहार गरेको हो । आइतबार बसको ठक्करबाट मृत्यु भएकी जाजरकोटकी नदी रावतका आफन्तहरुले सोमबार बिहानैदेखि आन्दोलन जारी राखेका थिए ।

बस समितिको आक्रमणबाट सुर्खेतमा पत्रकार थापा घाइते

जनसेवा आविमा ज्ञानगंगा पुस्तकालय स्थापना

बस समितिको आक्रमणबाट सुर्खेतमा पत्रकार थापा घाइते

एमाले अध्यक्ष ओली र भारतीय विदेश सचिव

Leave a comment

Your email address will not be published. Required fields are marked *