जनसेवा आविमा ज्ञानगंगा पुस्तकालय स्थापना

दुर्गा विसि

सल्यान,२ फाल्गुन ।

सल्यानको सिद्ध कुमाख गाउँपालिका वडा नं ४ मा रहेको श्री जनसेवा आविमा पुस्तकालय स्थापना गरिएको छ ।ज्ञानगंगा पुस्तकालय नामकरण गरिएको पुस्तकालयको सिद्ध कुमाख गाउँपालिका अध्यक्ष भरत गिरी, उपाध्यक्ष राम बहादुर वस्नेत, सामाजिक विकास समिति संयोजक तथा वडा नं ४ का वडाध्यक्ष खर्कविर रोका लगाएतको उपस्थितिमा सो विद्यालयमा स्थापना गरिएको पुस्तकालयको उद्घाटन गरिएको विद्यालयका प्रधानाध्यापक नविन चलाउनेले जानकारी दिए ।

सिद्ध कुमाख गाउँपालिका र रुम टु रिडको आर्थिक सहयोग, पढ्नको लागि कोठाको प्राविधिक सहयोग, दलित विकास समाजको व्यवस्थापन सहयोग र जनसेवा आविको आयोजनामा उक्त कार्यक्रम गरिएको वताएको छ ।यो पुस्तकालय स्थापनामा ती निकायहरुको प्राविधिक र आर्थिक सहयोग रहेको छ ।

यसले विद्यार्थीको पढाइमा थप सुविधा थप्ने आसा राखिएको छ ।व्यवस्थित वसाइसँगै पढाइले विद्यार्थीको सिकाइलाई थप मद्दत पुग्ने उदेश्य राखिएको छ ।जसको आज विधिवतरुपमा उद्घाटन गरिएको छ ।

जनसेवा आविमा ज्ञानगंगा पुस्तकालय स्थापना

२०८० सालको विजया दशमी कात्तिक ७ गते,

जनसेवा आविमा ज्ञानगंगा पुस्तकालय स्थापना

बस समितिको आक्रमणबाट सुर्खेतमा पत्रकार थापा घाइते

Leave a comment

Your email address will not be published. Required fields are marked *