अर्जेन्टिना अन्तिम आठमा, सेमिफाइनल पुग्न नेदरल्यान्ड्ससँग भिड्ने

काठमाडौं, १८ मंसिर ।

अर्जेन्टिना फिफा विश्वकप २०२२ को क्वार्टरफाइनलमा प्रवेश गरेको छ । अन्तिम १६ को खेलमा अस्ट्रेलियालाई २–१ गोलले पराजित गर्दै अर्जेन्टिना अन्तिम आठमा प्रवेश गरेको हो । अर्जेन्टिनाको जितमा कप्तान लिओनल मेसी र जुलियन अल्भारेजले एक एक गोल गरे। यस्तै अर्जेन्टिनाका फर्नान्डेजले आत्मघाती गोल गरे।

मेसीले खेलको ३५ मिनेटमा ओटामेन्डीको पासमा गोल गरेका थिए।५७ मिनेटमा अल्भारेजले अग्रता दोब्बर पारेका थिए। अस्ट्रेलियाका रायनले गल्ती गरेको बलमा अल्भारेजले गोल गर्न सफल भएका थिए। खेलको ७७ मिनेटमा अस्ट्रेलियाले गोल फर्कायो। गुडविनले डिबक्स बाहिरबाट हानेको सशक्त प्रहार इन्जो फर्नान्डेजको शरिरमा लागेर गोल पोस्टमा छिरेको थियो।

अर्जेन्टिना अन्तिम आठमा पुगेको यो खेलसँगै मेसीले करिअरको १०००औं खेल खेले। मेसीले एक हजार खेलको कोशेढुंगा पार गरेको यो खेलमा मेसीले अर्जेन्टिनाका लागि कप्तानी गरेको १००औं खेलमा पनि हो।

देशका लागि १६९ खेल खेलिसकेका मेसीले अन्तर्राष्ट्रिय गोल संख्य ९४ पु¥याएका छन्। दुई पटकको विजेता अर्जेन्टिना विश्वकपमा आठौं पटक अन्तिम आठमा पुगेको हो।

अब अन्तिम आठमा अर्जेन्टिनाले नेदरल्यान्ड्ससँग प्रतिस्पर्धा गर्नेछ। नेदरल्यान्ड्सले यसअघि अमेरिकालाई ३–१ गोलले पराजित गर्दै क्वार्टरफाइनलमा स्थान बनाएको थियो। अर्जेन्टिना र नेदरल्यान्ड्सबीच अब आगामी शुक्रबार खेल हुनेछ।

अर्जेन्टिना अन्तिम आठमा, सेमिफाइनल पुग्न नेदरल्यान्ड्ससँग भिड्ने

YUGAAWHAN NATIONAL DAILY (2079-08-17)

अर्जेन्टिना अन्तिम आठमा, सेमिफाइनल पुग्न नेदरल्यान्ड्ससँग भिड्ने

क्यान महासंघ सुर्खेतको अध्यक्षमा गिरी चयन

Leave a comment

Your email address will not be published. Required fields are marked *