विद्याज्योतिबाट एसइइ प्रदेश तृतीय छात्रलाई सम्मान

सुर्खेत, १२ भदौं ।
विद्याज्योति माध्यमिक विद्यालय वीरेन्द्रनगर–८, सुर्खेतका छात्र विश्वास पोखरेल कर्णाली प्रदेश तृतीय भएका छन् । शैक्षिक सत्र २०७८ को एसइइको परीक्षामा सहभागि भएका छात्र पोखरेलले कर्णाली प्रदेशबाट प्रादेशिक तृतीय भएपछि एक कार्यक्रमवीच विद्यालयमा सम्मान गरिएको छ । विद्यालयमा आयोजित तीज विशेष कार्यक्रमका अवसरमा सम्मान गरिएको थियो ।

३.८० जिपिएस प्राप्त गरेका छात्रले गणित विषयमा उत्कृष्ट अंक प्राप्त गरेको भन्दै शिक्षक तथा विद्यार्थीहरुले गणित उत्कृष्ट विद्यार्थीको रुपमा नगदसहित सम्मान गरिएको थियो । वडा नं. ८ का वडाध्यक्ष तथा निवर्तमान विद्यालय व्यवस्थापन समितिका अध्यक्ष टीकाराम शर्माको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो । सञ्चालक समितिका अध्यक्ष सारदा ढकाल, विद्यालयका प्रधानाध्यापक धु्रव बहादुर सिंह, सहायक प्रिन्सिपल नानिमाया राना, शिक्षिका कृष्णा आचार्य लगायतको उपस्थिति रहेको थियो

विद्याज्योतिबाट एसइइ प्रदेश तृतीय छात्रलाई सम्मान

मानव सेवाबाट खुशी भएकी सञ्जिता

विद्याज्योतिबाट एसइइ प्रदेश तृतीय छात्रलाई सम्मान

राजनीति र ‘ठेकेदार’ सम्बन्ध : ‘माया बैगुनी,

Leave a comment

Your email address will not be published. Required fields are marked *