वाईसीएल नेपालको केन्द्रिय सदस्यमा रुकुम पश्चिमबाट पाँच जना
प्रचण्ड खत्री
रुकुम पश्चिम, ६ भदौं ।
वाईसीएल नेपालको केन्द्रिय सदस्यमा रुकुम पश्चिमबाट पाँच जना मनोनित भएका छन् । ३ र ४ गते काठमाण्डांैमा दोस्रो राष्ट्रिय सम्मेलन भएको थियो । नेकपा माओवादी केन्द्रको सहायक संगठन वाईसीएल नेपालको केन्द्रिय सदस्यमा रुकुम पश्चिमबाट सैलेश शर्मा, जनक बिश्वकर्मा, लक्षमण ओली, भुषण रावल र शुसिला शाही रहेका छन् । सैलेश शर्मा भने केन्द्रिय सचिवमा निर्विरोध निर्बाचित भएका हुन ।
शुसिला शाही भने महिला कोठामा परेकी हुन । वाईसीएलको केन्द्रिय अध्यक्षमा भने रुकुम पुर्ब निवासी सुबोध सेर्पाली निर्विरोध निर्बाचित भएका छन् । ३ गत्ते राष्ट्रिय सभा गृह काठमाण्डौमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुस्पकमल दाहाल ( प्रचण्ड ) ले उत्घाटन गरेका थिए ।






