क्षतिपुर्तीको माग गर्दै आफन्तीद्वारा बबइमा प्रदर्शन, बाटाे अवरुद्ध
दिलिप ढकाल
भेरीगगा, ३० साउन ।
आइतबार विहान ८ः०० बजे तिर मध्यवर्ती क्षेत्रको जंगलमा घाँस काटन गएका भेरीगंगा नगरपालिका वडा नम्बर ५ बबई गेरुवानीका ४८ बर्षिय पुरुष रामवहादुर चन्द र सोही ठाउँकि ६७ बर्षिय महिला पवि वली लाई जंगली जनावरको आक्रमण मा परी मृतु भएको थियो।
सोहि घटना लाई लिएर आबश्यक क्षतिपुर्तिको माग गर्दै आफन्तीले आन्दोलन गरिरहेको छन्। बिहान करिब ८ बजे तिर आफन्ती उपस्थित भएर भेरीगंगा नगरपालिका वडा नम्बर ५ को बबई मा प्रदर्शन गरेका हुन ।
२५०-३०० जनाको समुहमा रहेका आफन्तीले नेपालगंज सुर्खेत सडकखण्ड अन्तरगत बबैमा टायर बालेर बिरोध प्रदर्शन गरेका थिए। प्रहरीले प्रदर्शन लाई नियन्त्रण गर्न कोसिस गरे पनि स्थानीयले प्रदर्शलाई झन् चर्काएको वडा नम्बर ५ का वडा अध्यक्ष प्रेम बहादुर सारुले जानकारी दिनुभयो।
यति बेला सुर्खेतबाट नेपालगंज को लागी छुटेका गाडीहरु भेरीगंगा ५ बबईमा र नेपालगंजवाट सुर्खेतको लागि छुटेका गाडी हरु बासगढ़ी नगरपालिका १ को बबई (चेपाङ्ग ) मा रोकिएका छन् भने यात्रु समेत अलपत्र परेको वडा अध्यक्ष सारुले जानकारी दिनुभयो।






