युएनडिपि  द्वारा गुर्भाकोट नगरपालिका लाई अक्सिजन प्लान्ट हस्तान्तरण

दिलिप ढकाल
सुर्खेत १८ साउन ।
पुर्बी सुर्खेतको गुर्भाकोट नगरपालिका वडा नम्बर ८ मा अबस्थित एक मात्र सरकारी अस्पताल मेहेलकुना अस्पतालमा अक्सिजन प्लान्टको जडान कार्य सम्पन्न भएको छ। मेहेलकुना अस्पतालमा आज एक कार्यक्रमका बीच अक्सिजन प्लान्टको जडान कार्य समापन भइ परिक्षण समेत गरिएको हो ।
उक्त अक्सिजन प्लान्ट युएनडिपि को आर्थिक सहयोगमा मेहेलकुना अस्पतालमा निर्माण भएको हो। आर्थिक सहयोग गरेको युएनडिपि ले अक्सिजन प्लान्टको जडान तथा परिक्षण गरि आज गुर्भाकोट नगरपालिका लाई हस्तान्तरण गरेको हो।
केहि काम बाकि रहेको र उक्त काम सम्पन्न भएपछी (करिब १ देखि २ महिना मा )नगरपालिकाले उक्त अक्सिजन प्लान्ट मेहेलकुना अस्पताल लाई हस्तान्तरण गर्ने बताईएको छ।  उक्त अक्सिजन प्लान्ट संचालनमा आए पश्चात पुर्बी सुर्खेत सहित विभिन्न जिल्ला का बिरामी हरुले सहजै सेवा पाउने छन्।
अक्सिजन प्लान्ट हस्तान्तरण कार्यक्रममा कार्यबाहक नगर प्रमुख मैना बिक,मेहेलकुना अस्पतालका निमित्त मे.सु डाक्टर बिनोद कुमार यादब, युएनडिपि का कर्मचारी हरु,गुर्भाकोट नगरपालिका वडा नम्बर ७ का र ८ वडा अध्यक्ष हरु क्रमस :बासुदेब शर्मा र किरण बिक,लगाएत अस्पतालमा कार्यरत कर्मचारीको उपस्थिति रहेको थियो। अक्सिजन प्लान्ट संचालनमा आएपछी मेहेलकुना अस्पताल बाट बाह्य क्षेत्रका अन्य अस्पतालमा पनि वितरण गर्न सकिने बिश्वास गरिएको छ।
युएनडिपि  द्वारा गुर्भाकोट नगरपालिका लाई अक्सिजन प्लान्ट  हस्तान्तरण

मेराे पाैरख मेराे गाैरव : काम भनेकै

युएनडिपि  द्वारा गुर्भाकोट नगरपालिका लाई अक्सिजन प्लान्ट  हस्तान्तरण

दक्षिण कोरियामा एक नेपालीको सवारी दुर्घटनामा परी

Leave a comment

Your email address will not be published. Required fields are marked *