दलित र न्युन अाय भएकालाई खाद्यान्न सहयाेग

हुम्ला,१५  साउन  ।

खार्पुनाथ गाउँपालिका वडा नं. ५ का अध्यक्ष भरतजंग शाहीले आफूले राज्यबाट पाउने पहिलो सेवा र सुविधाबाट खाद्यन्न सहयोग गरेका  छन् । वडाका दलित, एकल महिला र पुुरुष तथा आफ्नै आम्दानीबाट खाना नपुग्नेलाई सो खाद्यान्न सहयोग गरिएको उनले बताए  ।

वडा अध्यक्ष शाहीले आफ्नो बाचाअनुुसार पहिलो पारिश्रमिकबाट वडाका न्यून आयस्रोत भएको परिवारलाई खाद्यान्न सहयोग गरिएको बताए । उनले वडाका सबै दलित, एकल महिला र पुुरुष तथा आफ्नो आम्दानीबाट खाना नपुग्ने २५ घरधुरीलाई खाद्यान्न सहयोग गरेको उनको भनाइ छ ।

प्रतिपरिवार १५ केजी खाद्यान्न सहयोग गरिएको उनले जानकारी दिए  । पहिलो पारिश्रमिक आफ्नो खातामा आएलगत्तै सहयोग सुुरु गरिएको र अब सहयोगको क्रम जारी रहने उनले बताए । आफुूले दिएको सहयोग ठूलो नभए पनि यसबाट केही राहत पुग्ने बिश्वास ब्यक्त गरे ।

निर्वाचन अघि आफूले जनतामाझ बाचा गरेअनुसार सहयोग शुरु गरेको उहाँको भनाइ छ । आफुू निर्वाचित भएलगत्तै आफुूले राज्यबाट पाउने सेवा र सुविधाबाट सुत्केरीको उद्धार, बिरामीलाई उपचार र घरमा खाना नपुग्नेलाई खाद्यान्न सहयोग गर्ने प्रतिबद्धता जनाएको उनले बताए  ।

स्राेत ः गाेरखापत्र

दलित र न्युन अाय भएकालाई खाद्यान्न सहयाेग

YUGAAWHAN NATIONAL DAILY (2079-04-15)

दलित र न्युन अाय भएकालाई खाद्यान्न सहयाेग

प्युठानमा जीप दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या ३

Leave a comment

Your email address will not be published. Required fields are marked *