मृत भेटिए स्कुलको छतमा सुतेका युवा

धनगढी,२२ असार ।

कञ्चनपुरमा एक युवक मृत फेला परेका छन् । भीमदत्त नगरपालिका वडा नम्बर ६ एैठपुरमा रहेको गोल्डेन विरज स्कुलको छतमा २२ वर्षीय प्रेमसिंह धामी मृत फेला परेका हुन् । धामी वडा नम्बर ७ स्थित हल्दुखालका हुन् ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक चक्र शाहीले धामी मृत फेला परेको बताए ।  उनीसँगै सुतेका एक युवकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । सँगै सुतेका उनले साथीको मृत्यु भएको भन्दै प्रहरीमा खबर गरेका थिए ।

प्रहरीका अनुसार प्रारम्भिक अनुसन्धानका क्रममा उनीहरू लागुऔषध प्रयोगकर्ता रहेको खुलेको छ । मंगलबार बेलुकी लागुऔषध र मापसे गरेर उनीहरू स्कुलकै छतमा सुतेका थिए । सँगै गएका केही साथीहरू फर्के पनि दुई जना भने स्कुलको छतमै सुतेका थिए ।

स्रोत :  सेतोपाटी

मृत भेटिए स्कुलको छतमा सुतेका युवा

रामेछापमा बस दबुर्घटनामा तेह्र जनाको मृत्यु

मृत भेटिए स्कुलको छतमा सुतेका युवा

भारतमा बुधबार खाना पकाउने ग्यासको मूल्य वृद्धि

Leave a comment

Your email address will not be published. Required fields are marked *