असल आमालाई सम्मान

दैलेख, १७ असार ।

नारायण नगरपालिकाले कुपोषणलाई शून्य अवस्थामा पु–याउन सहयोग गरेको भन्दै असल आमालाई सम्मान गरेको छ । नगरपालिकाले असल आमा प्रोत्साहनमा तोकिएको मापदण्ड पूरा गरेका १२० असल आमालाई सम्मान गरेको हो ।

नगरपालिकाको स्वास्थ्य शाखा प्रमुख नगेन्द्र हमालका अनुसार असल आमाका लागि २० वर्ष उमेर पुगी विवाह गरेको हुनुपर्ने, चार पटक गर्भजाँच गरेको हुनुपर्ने, स्वास्थ्य संस्थामा सुत्केरी गराइएको हुनुपर्ने, बच्चालाई पूर्ण खोप लगाएको हुनुपर्ने र दुई सन्तानमात्र हुनुपर्ने मापदण्ड तोकेको छ ।

उनका अनुसार नारायण नगरपालिकाका केही वडामा अहिले पनि बालबालिकामा कुपोषण भएको हुँदा कुपोषणको अवस्थालाई शून्य अवस्थामा ल्याउन सहयोग गर्ने उत्कृष्ट आमालाई प्रोत्साहन गर्न सम्मान गरिएको हो । कार्यक्रममा प्रतिनिधि सभा सदस्य रवीन्द्रराज शर्माले कुपोषणलाई शून्य अवस्थामा पु–याउन गरिएको सम्मानले कुपोषण शून्य अवस्थामा नआउँदासम्म निरन्तरता दिनुुपर्ने बताए ।

नगरपालिकाका प्रमुख लोमन शर्माले गुणस्तरीय स्वास्थ्य सेवा लिन, बच्चालाई पोषणयुक्त खाद्यवस्तु खुवाउन, आमा र शिशुको मृत्युदरमा कमी ल्याउन, महिला र बालबालिकामैत्री सेवा विस्तार गर्न नगरपालिकाले यस्ता कार्यक्रम थालेको जानकारी दिए । महिला स्वास्थ्य स्वयंसेविका, स्वास्थ्यकर्मीको सिफारिसमा मापदण्ड पुगेका १२० जना असल आमालाई प्रोत्साहनस्वरूप दुई हजार रुपियाँ, पछ्यौरा र कपडाका झोला वितरण गरिएको जनाइएको छ ।

स्रोत :  गोरखापत्र

असल आमालाई सम्मान

होटेल व्यवसायी र पैदल यात्रुु धमिलो पानी

असल आमालाई सम्मान

पाँच दिनपछि अबरुद्ध हवाई सुचारु

Leave a comment

Your email address will not be published. Required fields are marked *