बाँफिकोटकाे बालुवाचाैरमा सिँचाइँ कुलो निर्माण

प्रचण्ड खत्री
रुकुम पश्चिम । रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका वडा नम्बर ४ को बालुवाचौर बिरालेमा सिचाइँ कुलो निर्माण गरिएको हो ।
जिल्ला कृषि बिकाश कार्यलय रुकुम पश्चिमको आर्थिक सहयोग सिचाई निर्माण गरिएको बालुवाचौर बिराले सिचाई उपभोक्त निर्माण समितिका अध्यक्ष मनबहादुर केसिले बताए ।
कृषि विकास कार्यलयको २१ लाख र उपभोक्त निर्माण समितिको ३ लाख २१ हजार १ सय ७१ जनश्रमदान गरि २४ लाख २१ हजार १ सय ७१ रुपैयाँ निर्माण गरिएको हो ।
६ सय ४१ मिटर पक्की नहर निर्मान गरिएको अध्यक्ष केसिको भनाई छ । ६ सय मिटर स्टामेट अनुसार निर्माण गरिएको र ४१ मिटर स्टामेट बाहेक काम गरेको जानकारी दिए ।
बिराले र बालुवाचौरका ३० घरदुरिले सिचाई उपभोक्त गर्न पाउने भएका छन । अध्यक्ष केसिका अनुसार सबै समुदायलाई मिलायर काम गरेको र अहिले सम्म त्रुटि आएको छैन ।






