चौरजहारी नगरपालिकामा माओवादीका उम्मेदवारको टुंगो

बसन्त कुमार शर्मा
चौरजहारी, १० चैत्र ।
आगामी बैशाख ३० गते हुने स्थानीय तहको चुनावको लागी माओवादी केन्द्र चौरजहारी नगरपालिकाले पनि वडा अध्यक्षहरुको नाम सिफारीस गरेको छ । नगरपालिकामा रहेको उम्मेदवार छनौंट समितिको बैठकले अध्यक्षको नाम सिफारीस गरेको हो ।
वडा नम्बर १ को अध्यक्षमा इन्द्र बहादुर गिरी, वडा नम्बर २ को अध्यक्षमा वीर बहादुर राना, वडा नम्बर ३ को अध्यक्षमा लाल बहादुर बुढाथोकी, वडा नम्बर ४ मा गोपाल भण्डारी, वडा नम्बर ५ मा खुम बहादुर खड्का, वडा नम्बर ६ मा पूर्ण बहादुर रोकायको नाम सिफारिस गरिएको छ ।
त्यस्तै वडा नम्बर ७ मा भिम प्रसाद जैसी, वडा नम्बर ८ मा शसिराम बिक, वडा नम्बर ९ मा महेश स्वर्णकार, वडा नम्बर १० मा बिरेन्द्र रोकाय, वडा नम्बर ११ मा तुल्से ओली, वडा नम्बर १२ मा टिकाराम ओली, वडा नम्बर, १३ श्रीकृष्ण शर्मा र १४ नं. वडामा अतिराम बिस्ट को नाम सिफारीस गरिएको छ ।
यो भन्दा पहिला नगर प्रमुखमा पुष्प वादी र उप–प्रमुखमा ईश्वरी कुमारी शर्मा बुढाको नाम सिफारीस गरिएको थियो । वडा अध्यक्षहरुको नाम पार्टीले जिल्ला सम्वन्य समितिमा पठाईने निर्णय गरेको छ ।
त्यस्तै उक्त नगरपालिकामा माथिको पार्टीको निर्णय अनुसार गठबन्धन गर्नुपर्ने भएमा सम्पूर्ण वडा अध्यक्षले आफुले सहज रुपमा पार्टीको निर्णय मान्ने कुरा सरसल्लाह भएको जानकारी दिनुभएको छ ।







