अपमानजनक ब्यबहार कसुर मुद्दामा बिप्लव कार्यकर्ता पक्राउ

मोहन सिंह ठकुरी
जाजरकोट, १० बैशाख ।
अपमानजनक व्यवहार कसुर मुद्धामा जाजरकोटमा नेपाल कम्यूनिष्ट पार्टी विप्लब समूहका कार्यकर्ता पक्राउ परेका छन् । जिल्ला स्वास्थ्य सेवा कार्यालय जाजरकोटका निमित्त स्वास्थ्य ब्यबस्थापक टिकाराम जैसीलाई कार्यकक्षमा बसीरहेको अबस्थामा गत फागुन ३० गते कालो मोसो दली जुत्ताको माला लगाउने कार्यकर्ताहरु प्रहरीले पक्राउ गरेको छ ।
जुत्ताको माला, कालो मोसो दलिएको घटना सम्बन्धमा यस जिल्ला प्रहरी कार्यालयमा उपर अपमानजनक व्यवहारसम्बन्धि कसुर मुद्दा दर्ता भएपछि अनुसन्धान गरी सो घटनामा संलग्न ब्यक्तिहरुलाई पक्राउ गरी अनुसन्धान कार्य जारी रहेको प्रहरी कार्यालय जाजरकोटले जनाएको छ ।
पक्राउ ब्यक्तिहरु जिल्ला जाजरकोट भेरी नगरपालिका–१ पिपे बस्ने बर्ष ३१ का डिआर (डिल बहादुर राना), नेकपा बिपलब समूह भातृ संगठन जाजरकोटका अध्यक्ष, त्यसैगरी नेकपा बिप्लब समूह भातृ संगठन जाजरकोटका ईन्चार्ज बर्ष २६ का बिबश भन्ने गोबिन्द चन्द, नेकपा बिप्लव समूह अखिल क्रान्तिकारी विद्यार्थी संगठन जाजरकोटका संयोजक दिपेन्द्र सिंह लगायत पक्राउ परेको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जानकारी दिएकोछ ।






