जिप्रका जाजरकोटमा फेरी भेटौला तथा स्वागत कार्यक्रम

दिपेन्द्र शर्मा
नलगाड, १० बैसाख ।
जिल्ला प्रहरी कार्यालय जाजरकोटले कार्यालयमा लामो समय काम गरेर अन्यत्र सरुवा भएका प्रहरी निरिक्षकको विदाई तथा नयाँ आएका प्रहरी निरिक्षकको स्वागत गरिएको छ ।
जिल्ला प्रहरी कार्यालय जाजरकोटमा विगत १ बर्षदेखि कार्यरत प्रहरी निरिक्षक शिव कुमार क्षेत्रीको विदाई तथा सरुवा भएर नयाँ आएका प्रहरी निरिक्षक पुष्कर राज पन्तको स्वागत गरिएको छ । जिल्ला प्रहरी कार्यालय जाजरकोटमा एक कार्यक्रमवीच स्वागत तथा विदाई एकै साथ गरिएको हो ।
नेपाल प्रहरी प्रधान कार्यालय मानवश्रोत एबं प्रशासन बिभाग कर्मचारी प्रशासन शाखाको च.नं.५७८० मिति २०७८।१२।२४ गतेको पत्रादेशानुसार देशभरीका प्रहरी निरिक्षकहरुको सरुवा एकै पटक गरेको थियो ।
ईलाका प्रहरी कार्यालय ढेडगाँउ पूर्वि नवलपरासी सरुवा भई बिदाई भइ जान लागेका प्रहरी निरीक्षक शिव कुमार क्षेत्रीको बिदाई तथा फेरी भेटौला कार्यक्रममा मायाको चिनो प्रदान गरिएको जिल्ला प्रहरी कार्यालय जाजरकोटले बताए ।
साथै सोही कार्यालयमा सरुवा भई हाजिर हुन आएका प्रहरी निरिक्षक पुष्कर राज पन्तलाई स्वागत गर्दै बिदाई भई जान लागेका प्रहरी निरीक्षकलाई कार्यकालको शुभ–कामनासहित उपस्थित सम्पूर्ण प्रहरी कर्मचारीहरुलाइ कार्यालय प्रमुख प्रहरी नायव उपरिक्षक सन्तोष निरौलाले आवश्यक निर्देशन दिएका थिए ।








