वीरेन्द्रनगरका नगर प्रमुखद्धारा १३ लाख ५० हजार पारिश्रमिकबाट अक्षय कोष स्थापना

सुर्खेत, ९ बैशाख ।
जनप्रतिनिधिले पाउने सेवा, सुविधा, तलव–भत्ताको ज्यादै आलोचना भएको थियो । जनताको सेवा गर्ने जनताका प्रतिनिधिहरुले तलव–भत्ता लिन नहुँने चर्को आवाज उठेको थियो तर प्रदेश सभाबाट कानून बनाएर देशैभरीका जनप्रतिनिधिहरुले तलव भत्ता लिँदै आएका थिए ।

गाउँ तथा नगरपालिकाका जनप्रतिनिधिहरुले कसैले पनि नलिने घोषणा गर्न सकेनन, खुशी भएर तलव भत्ता बुझेका थिए । पाँच बर्षे कार्यकालमा लिएको तलव–भत्ता सामाजिक कार्यमा खर्च गर्ने नमूना योग्य कार्य वीरेन्द्रनगर नगरपालिकाका प्रमुख देव कुमार सुवेदीले घोषणा गरेका छन् ।

२०७४ को स्थानीय तहको निर्वाचनमा नेपाली काँग्रेसबाट नगर प्रमुख बनेका वीरेन्द्रनगर नगरपालिकाका नगर प्रमुख देवकुमार सुवेदीको पाँच वर्षे कार्यकाल अन्तिम चरणमा छ ।

सुवेदीको पाँच वर्षे कार्यकाल यही वैशाख ३० गतेबाट सकिदै छ । पाँच वर्षे कार्यकालमा विवादरहित काम गरेका नगर प्रमुख सुवेदीले आफ्नोे कायकालमा राज्यबाट प्राप्त गरेको तलव भत्ता वापतको रकम विपन्न वर्गका लागि खर्चिने भएका छन् ।

सुवेदीले आफ्नो पाँच वर्षे कार्यकालमा राज्यबाट प्राप्त भएको पारिश्रमिक वापतको रु तेह्र लाख पचास हजार रुपैयाँ गरिब तथा विपन्न महिला, बालबालिका र विद्यार्थीहरुलाई सहयोग गर्ने भएका हुन् ।

गरिव, विपन्न, अपाङ्ग, टुहुरा, दलित, महिला, जनजाति तथा पिछडिएको वर्ग र क्षेत्रका विद्यार्थी एवम् बालबालिकालाई विभिन्न विषय र तहको तालिम तथा प्राविधिक शिक्षा प्रदान गर्ने उद्देश्यका साथ रविजगत फाउन्डेसको स्थापना गरेका छन् ।

समुदायमा रहेका आदिवासी, जनजातिहरुको भाषा, संस्कृति तथा अधिकारको संरक्षण गर्दै दलित, उत्पीडित, सिमान्तकृत वर्ग अपाङ्ग तथा अल्पसङ्ख्यक समुदायका मानिसहरुको हकहितको लागि फाउण्डेसनलेकाम गर्नेछ ।

यस्तै, फाउण्डेसनले सामाजिक क्षेत्रमासमेत काम गर्नेछ । सडक, पुल, पाटी, पौवा लगायतका सामाजिक संरचनाको निर्माण तथा मर्मत संरक्षणको पूर्ण जिम्मेवारी फाउण्डेसनको रहने छ, भने कृषि तथा पर्यावरणका साथै सामूहिक समुदायिक वन, कबूलियत वन जङ्गलको संरक्षण तथा सम्बद्र्धन, जडिबुटी वृक्षरोपण, राष्ट्रिय तथा अन्तराष्ट्रिय कृषि उर्जा, जडिबुटीको सभा सम्मेलन तथा वातावरण संरक्षणमा विशेष भूमिका फाउण्डेसनको रहने सुवेदीले जानकारी दिए ।

सुवेदीका अुनसार खेलकुद क्षेत्रमा यूवा सहभागिताका लागि काम गरी वातावरण संरक्षण अन्तर्गत लोपोन्मुख जीवजन्तु, वन्यजन्तु, वनस्पतिहरु, प्रकृतिक सम्पदाहरुको संरक्षणका लागि विशेष प्रकृति मैत्री सुरक्षा पहलमा जोड दिने उद्देश्य रहेको बताउँछन् ।

संस्थाले प्रचलित नेपालको कानुनको अधिनमा रही सम्बन्धित निकायबाट अनुमति र इजाजत प्राप्त गरी उद्देश्य कार्यान्वयनमा काम गर्नेछ । फाउण्डेसन गैर राजनीतिक र मुनाफारहित हुने सुवेदीको भनाई छ ।

वीरेन्द्रनगरका नगर प्रमुखद्धारा १३ लाख ५० हजार पारिश्रमिकबाट अक्षय कोष स्थापना

हतियार बुझाउन जाजरकोट प्रशासनको आग्रह

Leave a comment

Your email address will not be published. Required fields are marked *