हुम्लामा एमाले र माओवादी कार्यकर्ताको झडप

केवि थापा
हुम्ला, २६ चैत्र ।
हुम्लामा नेकपा एमाले र माओवादी केन्द्रका कार्यकर्तावीच झडपको अवस्था उत्पन्न भएको छ । एमाले कार्यकर्ताद्धारा गएराती आफ्नो निकट कार्यकर्ताको होटलमा तोडफोड, आक्रमण गरिएको आरोप लगाउँदै माओवादी कार्यकर्ता झडपमा उत्रिएका हुन ।

गएराती अदानचुली गाउँपालिकाका अध्यक्ष दल फडेरा नेतृत्वको टोलीले तोडफोड गरेको भन्दै माओवादी केन्द्रका कार्यकर्ताद्धारा गाउँपालिका अध्यक्ष फडेराको घर तोडफोड गरेका छन् ।

गए राती ढिला गरी घर फर्किने क्रममा अध्यक्षसँगै रहेका कार्यकर्ताले बिच बजारमा रहेका नबराज होटल र अनिता बुमीको पसलमा सामान्य तोडफोड गरी नारा जुलुस गरेको भन्दै शनिबार दिउँसो त्यसको जवाफ स्वरुप नेकपा माअाेवादी केन्द्रका कार्यकर्ताले अध्यक्षको घर तोडफोड गरेका छन् ।

माओबादी केन्द्रका स्थानीय नेता सिंह बोहराका अनुसार हिजो रातीको घटनाको बिषयलाई लिएर प्रहरी चौकी श्रीनगरमा निवेदन दिएको तर अध्यक्ष फडेरालाई छलफलमा बोलाउँदा नआएपछि रिसिएका कार्यकर्ताहरु बोलाउन जाँदा सामान्य झडप भएको बताएका छन् ।

उता अध्यक्ष फडेराको पारीवारीक स्रोतले गाउँपालिका भरीका कार्यकर्ता आएर घर तोडफोड गर्नुका साथै आफ्नो घर अहिले पनि घेरीरहेका बताएका छन् । शुक्रबार राती भएको घटनालाई लिएर गाउँपालिका भरबाट एकीकृत भएका कार्यकर्ताले अदानचुली गाउँपालिका वडा नम्बर ३ स्थित फडेरा गाउँमा भएको घरमा तोडफोड गरेका हुन् ।

ठूलो संख्यामा जम्मा भएका माओवादी कार्यकर्ताले फडेरोको घरमा गरिएको ढुंगामुडाले घरको माथिल्लो तलामा राखिएको सोलार तोडफोड भएको अध्यक्ष फडेरोको पारिवारिक स्रोतले जनाएको छ । शनिबार दिउँसो १ बजेको समयमा दुई तिरबाट प्रवेश गरेको कार्यकर्ताले घर तोडफोड गरेका हुन् ।

प्रहरीले गरेको ठूलो प्रयास पश्चात यो समाचार तयार पारुञ्जेल ढुंगामुडा गर्न रोकिएको भएपनि फडेरा गाउँको चारैतर्फ माओवादीका स्थानीय नेता तथा कार्यकर्ताले घेरेको बताइएको छ । गाउँपालिका अध्यक्ष फडेरा भने घरमै सुरक्षित रुपमा रहेको प्रहरी स्रोतले जनाएको छ । सोही बिषयलाई लिएर नेकपा माओबादी केन्द्र अदानचुलीले घटनाको घोर भत्सना गर्दै प्रेस बिज्ञप्ती समेत प्रकाशित गरेको छ ।

उक्त बिज्ञप्तीमा राती राती मदिरा सेवन गरी नाराबाजी सहित होहल्ला गर्ने, सर्बसाधारणलाई धम्क्याउने र होटल पसलहरुमा तोडफोड गर्ने जस्ता अपराधिक कार्यहरु भैरहेकोप्रति गम्भिर ध्यानाक्रर्षण भएको उल्लेख गरिएको छ । उक्त बिज्ञप्ती प्रकाशित भएको करिब १ घण्टा नबित्दै अध्यक्ष फडेराको घर तोडफोड भएको जनाइएको छ ।

हुम्लामा एमाले र माओवादी कार्यकर्ताको झडप

राजस्व छलेर सुर्खेत ल्याउँदै गरेको चिनी बरामद

Leave a comment

Your email address will not be published. Required fields are marked *