गुराँसेमा बसको ठक्करबाट एकको मृत्यु

गुराँस, १८ चैत्र ।
सुर्खेत–दैलेख सडक खण्डको गुराँस गाउँपालिका–२ केराबारमिा मोटरसाइकल र बस ठोक्किएका छन् । बसको ठक्करबाट एक जनाको मृत्यु भएको छ । शुक्रबार बिहान साढे ११ बजेको समयमा दुर्घटनामा परेको प्रहरीले जनाएको छ ।

दैलेखको कुसापानीबाट सुर्खेततिर छुटेको ना ४ च ख ६५५४ नम्बरको बस र सोही दिशा तर्फ आइरहेको कर्णाली प्रदेश ०२००१ प ७४५९ नम्बरको मोटरसाइकले बसलाई ओभर ट्याक गर्दा बसले ठक्कर दिँदा दुर्घटना भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय दैलेखले उक्त दुर्घटनामा मोटरसाइकल सवार वीरेन्द्रनगर नगरपालिका–१२ का २६ वर्षीय खगेन्द्र विक घाइते भएका थिए ।

उनको उपचारको लागि वीरेन्द्रनगर सुर्खेत ल्याएर वीरेन्द्रनगरमा रहेको माया नर्सिङ्ग होममा पु¥याएर चेकजाँच गर्दा माया नर्सिङ्ग होमले मृत घोषणा गरेको जनाएको छ । हाल बस र बसचालकलाई बड्डिचौर प्रहरीले नियन्त्रणमा राखेको प्रहरीको भनाइ रहेको छ ।

गुराँसेमा बसको ठक्करबाट एकको मृत्यु

सुर्खेत काँग्रेसमा थानी समूहले ४० प्रतिशत हिस्सा

गुराँसेमा बसको ठक्करबाट एकको मृत्यु

YUGAAWHAN NATIONAL DAILY (2078-12-18)

Leave a comment

Your email address will not be published. Required fields are marked *