भेरीगंगामा सुर्तिजन्य पदार्थ नियन्त्रणका लागि प्रतिवद्धता

दिलिप ढकाल
गुर्भाकोट, ९ चैत्र ।
पूर्वि सुर्खेतको भेरीगंगा नगरपालिकामा सुर्तीजन्य पदार्थ नियन्त्रण तथा नियमनका लागि सराेकारवालाहरुले प्रतिवद्धता जनाउनुभएकाे छ । सुर्तिजन्य पदार्थ नियन्त्रण तथा नियमनका लागि अभियान सञ्चालन गर्ने, पालिकाका सार्वजनिक स्थलहरुलाइ सुर्तिजन्य पदार्थ निषेधित घाेषणा गर्ने, नियमित अनुगमन र नियमन गर्ने तथा पालिकालाइ सुर्तिजन्य मुक्त पालिका घाेषणा गर्ने प्रतिवद्धता जनाइएकाे छ ।
नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गतको राष्ट्रिय स्वास्थ्य शिक्षा, सुचना तथा संचार केन्द्रको सहयोग र भेरीगंगा नगरपालिकाको आयोजनामा अन्तरक्रिया कार्यक्रम मंगलबार सम्पन्न भएको छ ।
उक्त अन्तरक्रिया कार्यक्रममा बोल्दै भेरीगंगा नगरपालिकाका नगर प्रमुख भुपेन्द्र बहादुर चन्दले सूर्तिजन्य पदार्थ नियन्त्रणमा नगरपालिका लागि पर्ने बताउनुभयो ।
कार्यक्रममा बरिष्ठ स्वास्थ्य प्रशासक डाक्टर भक्त बहादुर के.सी.ले नेपालमा २७ हजार बराबरका व्यक्तिलाई सुर्तीजन्य पदार्थका कारण मुटु संग सम्बन्धित रोग लाग्ने गरेको जानकारी गराउँदै सोही कारण २८ प्रतिशतको मृत्यु हुने बताउनुभयो ।
कार्यक्रमका बक्ताहरुले सुर्तिजन्य पदार्थ नियन्त्रणका विषयमा चिन्ता व्यक्त गरेका थिए । इजाजत बिना नगरमा सुर्तिजन्य पदार्थ बेचबिखन गर्न नपाइने र सुर्तीजन्य पदार्थ नियन्त्रण तथा नियमनको लागि नगरभित्र व्यापक अभियान संचालन गर्ने प्रतिवद्धता पत्रमा उल्लेख गरिएको छ ।
कार्यक्रममा सरोकारवाला तथा साझेदार निकायसंग समन्वय गर्दै सुर्तीजन्य पदार्थ नियन्त्रण तथा नियमनको लागि व्यापक अभियान सञ्चालन गर्ने, सुर्तीजन्य पदार्थको नियन्त्रण तथा नियमनको लागि अध्ययन तथा अनुसन्धान गर्ने, भेरीगंगा नगरपालिकाका सम्पूर्ण सार्वजनिक संस्थाहरुमा सुर्तीजन्य पदार्थ निषेध गरीने लगाएतका १० बुदे प्रतिवद्धता समेत नगरपालिकाले जाहेर गरेको छ ।
राष्ट्रिय स्वास्थ्य शिक्षा, सुचना तथा सञ्चार केन्द्रका निर्देशक सुनिलराज शर्माको अध्यक्षतामा भएको कार्यक्रममा नगरप्रमुख भुपेन्द्र बहादुर चन्द, स्वास्थ्य शिक्षा प्रशासक डाक्टर भक्त बहादुर के.सी लगायत पत्रकारहरुको समेत उपस्थित रहेको थियो ।






