एमाले सांसद बानियाँ पाँच लाख धरौटीमा रिहा

बाँके, ३ चैत्र ।
बलात्कार आरोपमा प्रहरी हिरासतमा रहेका सांसद मोहन बानियाँ पाँच लाख धरौटीमा छुटेका छन् । जुम्लाकी एक शिक्षिकालाई नेपालगन्जको एक होटलमा बलात्कार गरेको आरोप लागेपछि सांसद बानियाँ पक्राउ परेका थिए ।

जिल्ला अदालत, बाँकेका न्यायाधीश ईश्वरी भट्टराईको इजलासले सांसद बानियाँलाई ५ लाख धरौटीमा छोड्ने आदेश दिएको हो । माघ १९ गते नेपालगन्जको होटलमा सांसद बानियाँले बलात्कार गरेको ती शिक्षिकाले आरोप लगाएकी थिइन् ।

माघ २७ गते जिल्ला प्रहरी कार्यालय, बाँकेमा जाहेरी दर्ता भएको थियो । फागुन २ गते सांसद बानियाँलाई पक्राउ गर्न पक्राउ पूर्जी आएको थियो । फागुन १६ गते प्रहरीले उनलाई नेपालगन्ज विमानस्थलबाट नियन्त्रणमा लिएको थियो ।

एमाले सांसद बानियाँ पाँच लाख धरौटीमा रिहा

मध्ये रातमा फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य

Leave a comment

Your email address will not be published. Required fields are marked *