मालारानीमा बित्तीय साक्षरता कार्यक्रम

भेरीगंगा, २ चैत्र ।
कृषि बिकास बैंक लिमिटेड शाखा कार्यलय छिन्चुको आयोजनामा र हरियाली कृषि बजार गुर्भाकोट–२ मालारानीको समन्वयमा बित्तीय साक्षरता कार्यक्रम सम्पन्न भएको छ ।

कार्यक्रमका प्रमुख अतिथि खुर्सिद अहम्मदले हामी सबैको घर आगन मै कृषि बिकाश बैंक भएकोले यसमा आवद्ध भै घरैबाट किसान एप्समार्फत सेवा लिनका लागि जोड दिनुभएको थियो ।

त्यसैगरी बित्तीय साक्षरता सम्बन्धी जानकारी दिँदै प्रदेश कार्यालयका बरिष्ठ अधिकृत नबराज बुढाले बैंक को एप्समार्फत आफ्ना आयआर्जन खर्च बचतको ब्यबस्थापन सरी गर्ने र एटिएम, मोबाइल बैंकिङ्ग, एसएमएस अलर्ट किसान एप्स आदिको प्रोडक्टर सम्बन्धी कसरी प्रयोग गर्ने भन्ने बारे जानकारी दिनुभएको थियो ।

कार्यक्रममा स्वागत मन्तब्य राख्दै हरियाली कृषि बजार सहकारीका सचिब नन्दलाल भुषालले अब को युग डिजिटल प्राविधिकमार्फत चलेको हुनाले हरेक आर्थिक कारोबार, लेनदेनका कार्य घर भित्रै बाट सहजै गर्न सकिने भएकोले यसमा आवद्ध हुन जरुरी रहेको बताउनुभएको थियो ।

कार्यक्रममा सम्बोधन गर्दै प्रदेश हेड अफिसका प्रमुख रघुनाथ जोशीले आधुनिक प्रबिधिको ज्ञान, बित्तीय साक्षरताको अभियान भन्ने मुल नाराका साथ घण्टौ लाइनमा लागेर समयको बर्बाद गर्नु भन्दा बिधुतिय मोबाइल किसान एप्समार्फत घरमै बसेर सबै कारोबार गर्न सकिने बताउनुभएको थियो ।

त्यस्तै कार्यक्रममा आफ्नो भनाई राख्दै वडा सदस्य सुरेन्द्र प्रसाद ढकालले पहुँच हुनेहरुले मात्र कर्जा लिन सक्ने भएकोले यसमा ब्यक्ति, ब्यबसायको अबलोकन गरी कर्जा उपलब्ध गराउन बैंकलाई सुझाब दिनुभएको थियो ।

कार्यक्रम समापन गर्दै छिन्चु शाखाका प्रबन्धक दिपेन्द्र कुमार महत्तोले किसान एप्स र किसान क्रेडिट कार्ड प्रयोगले भरपर्दो एबम सुरक्षित रुपमा सञ्चालन गर्न मिल्ने भएकोले बैंकमा सदस्यता लिइ यस्ता थुप्रै आर्थिक कारोबार गर्न सकिने बताउनुभएको थियो ।

कार्यक्रम मा १५ जना विद्यार्थीहरु र ४५ जना सहकारी सेयर सदस्य कृषकहरु गरी जम्मा ६० जना को उपस्थिती रहेको थियो भने कार्यक्रम सञ्चालन नवीन काफ्लेले गर्नुभएको थियो । कार्यक्रम वडा को सभा हलमा भएको थियो ।

कृषि बिकास बैंक छिन्चु शाखा कार्यालयका प्रबन्धक दीपेन्द्र कुमार महत्तोको अध्यक्षतामा र प्रदेश कार्यालयका प्रमुख खुर्सिद अहमदको प्रमुख आतिथ्यता र प्रदेश कार्यालयका बरिष्ठ अधिकृत नबराज बुढा, प्रदेश हेड अफिसका रघुनाथ जोशी, सहकारीका सचिब नन्दलाल भुसाल, वडा सदस्य सुरेन्द्र प्रसाद ढकाल, छिन्चु शाखाबाट शेर बहादुर जिसी, अशोक कुमार थापा, नवीन काफ्ले, गणेश पाण्डेय लगायतको आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो ।

मालारानीमा बित्तीय साक्षरता कार्यक्रम

घुयँत्राे : माअाेवादि राजनीतिभित्र पीरले …

Leave a comment

Your email address will not be published. Required fields are marked *