सल्यान–सुर्खेत जोड्ने भेरी नदीमा झुलुङ्गे पुल

दुर्गा विसी
सिम्ता, २८ फागुन ।
सिम्ता गाउँपालिका सुर्खेतको वडा नं. ३ औलझ्यामबाट सल्यान वनगाड कुपिन्डे वडा नं. २ रूइना जोड्ने भेरी नदिमा झुलुङ्गे पुलको उद्घाटन गरिएको छ ।

औलझ्यामबाट वडासिम हँुदै वडा कार्यालय जोड्ने सडक बाटो उद्घाटनमा सुर्खेत क्षेत्र नं. १ का प्रतिनिधि सभा सदस्य ध्रुब कुमार शाहीले गर्नुभएको छ ।

पुल नहँुदा २० वर्ष यता १७ जनाले ज्यान गुमानु परेको दर्दनाक दुखका पीडा आज स्थानीयले खुसीमा रूपान्तरण गरेका छन् । यो पुल बनेपछि सल्यान सुर्खेतको मित्रता बढेको र साँस्कृतिक, आर्थिक, सामाजिक र राजनितीक विकास हुने वक्ताहरूले बताएका थिए ।

उद्घाटन कार्यक्रमको अध्यक्षता वडा अध्यक्ष नहकुल बुढाले गरेका थियो भने वनगाड कुपिण्डे नगरपालिका मेयर गोविन्द पुन, सिम्ता गाउँपालिकाका अध्यक्ष कविन्द्र कुमार केसी, उपाध्यक्ष चन्द्रकला शाही, वडा अध्यक्ष मोहन विसि र राजेन्द्र सिह ठकुरीकाे उपस्थिति रहेकाे थियाे ।

साथै एमाले प्रतिनिधि ओमकार सिंह ठकुरी, नेपाली कांग्रेस प्रतिनिधि गणेश बुढा, अनेरास्ववियु केन्द्रीय सदस्य गगन सिं ठकुरी र वडा सचिव तेजविक्रम सिंको उपस्थिति रहेको थियोे । कार्यक्रम सञ्चालन स्थानीय वासिन्दा विष्णु महताराले गर्नुभएको थियो साथै स्वागत मन्तव्य वडा सदस्य लोक बहादुर शाहीले राख्नुभएको थियो ।

सल्यान–सुर्खेत जोड्ने भेरी नदीमा झुलुङ्गे पुल

नेपाली काँग्रेसको मुगुमा कार्यकर्ता भेला

सल्यान–सुर्खेत जोड्ने भेरी नदीमा झुलुङ्गे पुल

सुर्खेत विमानस्थल विस्तार नभए आन्दोलन गर्ने व्यवसायीकाे

Leave a comment

Your email address will not be published. Required fields are marked *