सामाजिक बिकृति न्युनिकरण गर्न पञ्चपुरीमा अभिमुखिकरण

अमर कार्की
सुर्खेत, २७ फागुन ।
शिक्षा विकास निर्देशनालय कर्णाली प्रदेशको आयोजनामा सामाजिक बिकृतिजन्य कार्यहरु न्यूनिकरण गर्न पञ्चपुरीमा अभिमुखिकरण सम्पन्न भएको छ ।

मानब बेचविखन तथा ओसारपसार, छाउपडि, छुवाछूत, बालबिवाह तथा बालश्रम न्युनिकरण सम्वन्धी अभिमुखिकरण तथा सचेतनामुलक अभियान कार्यक्रम पञ्चपुरीको बाबियाचौरमा सम्पन्न भएको हो ।

पञ्चपुरी नगरपालिकामा रहेका वाल क्लव, शिक्षक, जनप्रतिनिधि, प्रहरी, संघ संस्थाका प्रतिनिधि, सहकारीका सदस्य गरी ५० जनाको सहभागीता रहेको थियोे । कार्यक्रममा दुब्र्यसनी, छाउपडी, बालश्रम, घरेलु हिंसा, जातिय विभेद, लगायतका बिषयमा छलफल भएको छ ।

कार्यक्रममा नगरपालिका कार्यबाहक प्रमुख खड्क बहादुर थापाले समुदायमा हरेक क्षेत्रमा सामाजिक कुरिति ब्याप्त रहेको र यसको न्युनिकरणका लागि नगरपालिकाबाट आबश्यक सहयोग गर्ने र यसका लागि समुदाय र स्वयम् ब्यक्तिको सहयोग आबश्यक रहेको बताउनुभएको छ ।

थापाले भौतिक बिकास मात्रैले सबै बिकास नहुने र सुरुमा ब्यक्तिको सामाजिक र मानसिक बिकास हुन जरुरी रहेको बताउनुभयो । कार्यक्रमका सहभागी हरिकला जाेशीले जातिय विभेद, छाउपडी, बालबिवाह एकैचोटि अन्त्य नहुने र यसका लागि निरन्तर अभियान चलाउनुपर्ने बताउनुभयो ।

कार्यक्रममा शिक्षा बिकाश निर्देशनालयका झलक प्रसाद कोईराला, मिना थापा, प्रहरी निरिक्षक टेक बहादुर देउवा, शिक्षा अधिकृत तुलसी केसी लगाएतले सहजिकरण गर्नुभएको थियोे ।

सामाजिक बिकृति न्युनिकरण गर्न पञ्चपुरीमा अभिमुखिकरण

विपद् व्यवस्थापनमा जुट्दै कर्णाली सरकार

सामाजिक बिकृति न्युनिकरण गर्न पञ्चपुरीमा अभिमुखिकरण

किन पटक–पटक रिसाउँछन सुर्खेतका प्रदेश सांसद विष्ट,

Leave a comment

Your email address will not be published. Required fields are marked *