प्रेस चौतारी कर्णालीको अध्यक्षमा अधिकारी

सुर्खेत, २० फागुन ।
नेकपा एमाले निकट पत्रकारको संगठन प्रेस चौतारी नेपाल कर्णाली प्रदेश समितिको अध्यक्षमा प्रकाश अधिकारी चयन भएका छन् । बिहीबार सम्पन्न प्रदेश अधिवेशनले अधिकारीको नेतृत्वमा प्रदेश समिति चयन गरेको हो ।
अधिवेशनबाट उपाध्यक्षमा ईश्वर अधिकारी र प्रमिला आरसी, महासचिव प्रेम सिम्खडा, सचिव शेरबहादुर थापा र कालीबहादुर थापा, कोषाध्यक्ष सुशील खड्का चुनिएका छन् ।
प्रदेश कमिटी सदस्यहरुमा गीता थापा, युवराज पंगाली, अक्बर खान, प्रभा रावत, अनिल चौधरी, विनोद कँडेल, तिलक रिजाल, सुरेन्द्रजंग शाही चयन भएका छन् ।
प्रेस चौतारीले बिहीबार गण्डकी र कर्णाली प्रदेशमा पहिलो अधिवेशन गरेको थियो । बाँकी प्रदेश, प्रतिष्ठान र एशोसियटमा २१ गते अधिवेशन हुँदैछ । प्रेस चौतारीको केन्द्रीय महाधिवेशन फागुन २७ गतेदेखि पोखरामा हुँदैछ ।







