एकीकृत समाजवादी टोल कमिटी विस्तारमा जुट्यो

दुर्गा विसी
सल्लीबजार, १९ फागुन ।
सल्यानको पश्चिम क्षेत्र यतिखेर विस्तारै चुनावी महोलले तताउदै छ । नेकपा एकीकृत समाजवादीले भने पार्टी निति, सिद्धान्त, विचारलाई प्रष्ट रुपमा नागरिक सामु लिएर टोल टोलमा पुग्न थालेको छ ।
विभिन्न वडाका विभिन्न टोलहरुमा यतिखेर समाजवादी पार्टी आक्रमक रुपमा अघि बढेको छ । विहिबार मात्रै दर्जनबढी ठाउँमा समाजवादीले टोल कमिटी गठन गरेको छ ।
वडा नं. ८ को गाइदुवामा नगर अध्यक्ष रविराज शर्मा, जिल्ला कमिटी सदस्य पुष्कर विसि, हरिहर कुवर लगायतका नेताहरु उपस्थिति कार्यक्रम टोल कमिटी सदस्य वाले वुढाथोकी र अनेम संघ अध्यक्षमा रुपा वुढाथोकीसहित ११ सदस्यीय कमिटी गठन गरेको जनाएको छ ।
पार्टी संरचना विस्तारमा समाजवादीका स्थानीय नेताहरु सक्रियरुपमा लाग्न थालेका छन् । बनगाड कुपिण्डे नगरपालिकाका १२ वटै वडाका विभिन्न टोलहरुमा समाजवादीले टोल कमिटी तथा अन्य भातृसंगठन विस्तारमा जुटेको छ ।
समाजवादीका अधिकाश नेताहरु गाउँ अभियानमा जुटेका छन् भने पार्टीलाई जुरुक्क उठाउन यतिखेर आफुहरुको पहिलो प्राथमिकता रहेको नगर अध्यक्ष शर्माको भनाई रहेको छ ।






