युक्रेनबाट नेपालीको उद्धारमा दुतावास र नेपाली समुदाय जुट्यो

काठमाडौं, १५ फागुन ।
दुई महिनाअघि मात्रै चिकित्साशास्त्र अध्ययनका लागि युक्रेन पुगेका कञ्चनपुरका विजय पाण्डे यतिखेर स्लोभाकिया हुँदै हंगेरीको बुढापेस्ट पुग्नुभएको छ ।

युक्रेनमा गत बिहीबार रुसले आक्रमण गरेपछि आफु बसेको होस्टेलमा रहेका भारतीय विद्यार्थीहरूलाई भारतीय दूताबासले उद्धार गरेपछि संगै बसेका साथी अर्का नेपाली विद्यार्थी भक्तपुरका अभय पन्तसँगै उहाँ युक्रेनबाट निस्केर स्लोभाकिया हुँदै बुढापेष्ट पुग्नुभएको हो ।

गैर आवासिय नेपाली संघले शनिबार आयोजना गरेको भच्र्युअल बैठकमा बोल्दै उहाँले भन्नुभयो–‘जर्मनी दुताबासले बिना प्रवेशाज्ञा पनि हंगेरीमा प्रवेश दिएको जानकारी दिएपछि हामी हंगेरी पुग्यौं ।

त्यहाँ स्थानीयले हामीलाई खानाको लागि सहयोग ग¥यो । अहिले गैर नेपाली संघको सहयोगमा बुढापेस्टको विमानस्थलमा छौं । साथमा भएको पैसा कम भएकोले नेपाल फर्कनलाई अब कसरी टिकट काट्ने हो भन्ने समस्या परेको छ ।’

यो प्रतिनिधि समस्या मात्र हो । युक्रेनमा लगातार दूताबास वा नेपाली समुदायको सम्पर्कमा रहे पनि नयाँ देश पुग्नेवित्तिकै सम्पर्क टुट्ने भएकोले युक्रेनबाट जोगिएर छिमेकी देश स्लोभाकिया, पोल्याण्ड, रोमानिया लगायतका देशमा पुग्ने गरेका अन्य नेपालीलाई सहयोग जुटाउन समस्या परेको छ ।

जर्मनीस्थित नेपाली दूताबासले युक्रेन र वरिपरिका देशहरूमा रहेका नेपाली समूदाय तथा गैर नेपाली संघसंस्थाहरू परिचालन गरेर सक्दो सहयोग गर्ने प्रयास गरिरहेको छ । भच्र्युअल बैठकमा जर्मनीका लागि नेपाली राजदूत रामकाजी खड्काले अहिलेसम्म २ सय १९ जना नेपाली सम्पर्कमा आएको जानकारी दिनुभयो ।

उहाँले १० जना नेपालीलार्ई यात्रा अनुमतिपत्र पनि उपलब्ध गराएको जानकारी दिनुभयो । पोल्याण्ड, हंगेरी, रोमानिया र स्लोभाकियालगायतका नजिकैका देशहरूमा रहेका नेपाली समुदायसँग समन्वय गरी दूताबासले उद्धार कार्य दुताबासले छिमेकी देशहरूमा रहेका भारतीय दूताबासहरूसँग पनि सहयोगका लागि पत्राचार गरिएको राजदूत खड्काले जानकारी दिनुभयो ।

उहाँले उद्धार गरिएका नेपालीहरूका लागि आर्थिक सहयोग उपलब्ध गराउन आर्थिक संकलनका लागि पनि बैठकमा गैर आवासिय नेपाली संघलाई आग्रह गर्नुभएको थियो ।

जिज्ञासामा स्लोभाकियाबाट नेपालीको उद्धार कार्यमा खटेको नेपालीको संगठन ‘युक्रेन नेपलिज’ का संयोजक जयप्रसाद शिवाकोटीले युक्रेनबाट नेपालीहरूलाई सीमा पार गराई स्लोभाकिया ल्याउने काम शुरु भइसकेको जानकारी दिनुभयो ।

उहाँले शुक्रबार नै तीनजना नेपाली युक्रेनबाट स्लोभाकिया पुगिसकेको र शनिबार रातिसम्ममा थप १५ जनालाई स्लोभाकियाको सीमा पार गराउने तयारी भइरहेको र ५५ जना पोल्याण्डको सीमा आइपुगेको जानकारी दिनुभयो । उहाँले भन्नुभयो–‘युक्रेन दास्तुरबाट ३ जना नेपालीलाई भिसिए स्लोभाकियाको सीमा गाउँ नेमेस्की हुँदै स्लोभाकिया ल्याइएको छ ।

तीमध्ये २ जना विद्यार्थी हंगेरीको बुडापेस्ट हुँदै नेपाल फर्कंदैछन् । एकजना कामदारको रुपमा आउनुभएको नेपाली चाहीं अहिलेलाई यहीं बस्नुहुन्छ ।’ उहाँका अनुसार युक्रेनबाट स्लोभाकिया आउनेहरूको खानेबस्ने व्यवस्था रेडक्रसलगायत विभिन्न स्थानीय संघसस्थाले गरिरहेका छन् ।

संकटग्रस्त युक्रेनबाट स्लोभाकिया आउने दुईवटा प्रक्रिया रहेको जानकारी दिंदै संयोजक शिवाकोटीले भन्नुभयो–‘राहदानी, यात्रा अनुमतिपत्रलगायतका औपचारिक कागजातसहित स्लोभाकिया भित्रिएकाहरू त्यहाँबाट सजिलै आफ्नो गन्तब्यतिर लाग्न पाउँछन् । तर हतारमा औपचारिक कागजात बिना नै स्लोभाकिया भित्रिनेले भने शरणार्थीको दर्जाको लागि निवेदन दिनुपर्ने व्यवस्था गरिएको छ ।’

जर्मनीमा रहेको नेपाली दूताबासले युक्रेनलगायत ९ वटा देश हेर्नुपर्ने भएकोले उद्धारकार्यमा दूताबासको संयोजकत्वमा युक्रेनको सीमा क्षेत्रमा रहेका देशहरूमा रहेका नेपाली तथा गैर आवासिय नेपालीहरूको समूहले उद्धार कार्यमा सहयोग गरिरहेको छ ।

जर्मनीका लागि तत्कालिन नेपाली राजदूत रमेशप्रसाद खनालले ९ वटै देशमा नेपालीको समूह गठन गर्नुभएको थियो । अहिले सोही समूह उद्धार कार्यमा खटिरहेको छ ।

बैठकमा एनआरएनए आइसीसी मेम्बर तथा हेल्थ टास्कफोर्स युरोप संयोजक बोधराज सुवेदीले पोल्याण्डमा पनि ‘टास्क फोर्स’को गठन भएको जानकारी दिंदै भन्नुभयो–‘यहाँ ५ वटा सीमा नाका छन् ।

पोल्याण्ड आउने नेपालीहरूको लागि तत्काल खानबस्नका लागि व्यवस्था र दीर्घकालका लागि कसरी व्यवस्थापन गर्ने भन्ने विषयमा सहजीकरण गर्न लागि हामी लागिपरेका छौं ।’

युक्रेनमा रुसले आक्रमण गरेको शनिबार तेस्रो दिन साँझसम्ममा करिब एक लाख युक्रेनीहरू देश छाडेर पोल्याण्ड छिरेका छन् । पोल्याण्डका सहायक गृहमन्त्री पावेल सेफेरनेकरले शनिबार संचारकर्मीहरूसँग बोल्दै गत बिहीबारदेखि शनिबारसम्म एक लाख युक्रेनी सीमा पार गरी दक्षिणी पोल्याण्डको सीमावर्ती गाउँ मेडेकामा आईपुगेको बताउनुभएको छ ।

राजधानी किभमा समेत बमबारी र आक्रमण भएपछि त्यहाँ रहेका विदेशी मात्रै होइन युक्रेनीहरू समेत देश छाडेर जाने क्रम बढ्दैछ । युक्रेन छाड्नेहरूको लर्को लागेपछि युक्रेनबाट छिमेकी देशको सीमा क्षेत्रमा ठूलो भीड जम्मा भएकोले सीमा छिचोल्नै १८ देखि २० घण्टा लाग्ने गरेको बताइएको छ ।

यद्यपी युद्धग्रस्त देशबाट धेरै मानिसहरू भित्रिने अनुमानमा छिमेकी देशहरूले शेल्टरहरूको व्यवस्था गरेको पनि भच्र्युअल बैठकमा जानकारी दिइएको थियो ।

त्यसैगरी स्लोभाकिया, पोल्याण्ड र रोमानियाले बिना प्रवेशाज्ञा देश भित्रिन दिएको छ भने हंगेरीले अलअराइभल भिसा दिएको छ । रोमानियाले यसअघि ३० दिन मात्र बस्न दिएकोमा अहिले नियम परिवर्तन गरी ९ महिनासम्म बस्न र काम गर्न छुट दिएको बैठकमा जानकारी दिइएको थियो ।

युक्रेनबाट नेपालीको उद्धारमा दुतावास र नेपाली समुदाय जुट्यो

अनुगमन निर्माणाधिन आयोजनाको निगरानी कि सस्तो प्रचारबाजी

युक्रेनबाट नेपालीको उद्धारमा दुतावास र नेपाली समुदाय जुट्यो

रुसको आक्रमणबाट १९८ युक्रेनीको मृत्यु, युक्रेनलाई बेलायती

Leave a comment

Your email address will not be published. Required fields are marked *