दशनामी समाजको सुर्खेत अध्यक्षमा तिर्थराज पुरी

सुर्खेत, १४ फागुन ।
नेपाल दशनामी समाज सुर्खेतको छैठौ जिल्ला अधिवेशन वीरेन्द्रनगरमा सम्पन्न भएको छ । भेलामा संस्थाको गतिविधि, प्रगति प्रतिवेदन पेश गरिएको थियो ।
समाजकाे भवन वीरेन्द्रनगर–४ मा निर्माण सम्पन्न भएको प्रगति प्रतिवेदनमा उल्लेख गरिएको थियो । सुर्खेत जिल्लामा स्थायी बसोबास गर्ने गिरी, भारती, पुरी समुदाय संगठित भएका छन् ।
जिल्ला अध्यक्ष कृष्णदेव गिरीको अध्यक्षता तथा दशनामी सेवा समाजका केन्द्रीय सदस्य पार्वती गिरीको प्रमुख आतिथ्यतामा अधिवेशन सम्पन्न भएको थियो ।
जिल्ला अधिवेशनबाट तिर्थराज पुरीको अध्यक्षतामा १५ सदस्यीय जिल्ला कार्यसमिति ३ बर्षका लागि चयन गरिएको छ । जिल्ला समिति उपाध्यक्षमा चन्द्रा भारती र जयमाला गिरी, सचिवमा भुपेन्द्रदेव गिरी, सहसचिवमा तुल्सी गिरी, कोषाध्यक्षमा महेश्वरी गिरी चयन हुनुभएको छ ।
त्यसैगरी सदस्यहरुमा बिमला गिरी (भारती), रत्ना गिरी, इन्द्रा गिरी, रवि पुरी, शुरथ पुरी, गणेश कुमार गिरी, लक्ष्मणदेव गिरी, दिपेन्द्र भारती, शिशिर पुरी चयन हुनुभएको छ । त्यसैगरी सल्लाहकारमा मुकुन्दश्याम गिरी, धर्मराज गिरी, श्याम भारती, देवेन्द्र देव गिरी, कृष्णदेव गिरी चयन हुनुभएको छ ।








