बार्षिकोत्सवका अवसरमा सैनिक महाविद्यालयको सहयोग

सुर्खेत, १४ फागुन ।
सैनिक आवासीय महाविद्यालय सुर्खेतले महाविद्यालयको सोह्रौँ वार्षिक उत्सवको अवसरमा अनाथ, असहाय बालबालिकालाई सहयोग गरेको छ ।

सुर्खेतस्थित साझा घर नेपालमा रहेका ८६ जना अनाथ, असहाय, गरिव बालबालिकाहरुलाई खाना, कपडा तथा खेलकुद सामाग्री सहयोग गरिएको हो ।

सहयोग हस्तान्तराण कार्यक्रममा महाविद्यालयका प्रिन्सिपल प्रेम बहादुर विश्वकर्मा, सम्पर्क अधिकृत गणेश अधिकारी, शिक्षक–शिक्षिकाहरू साथै छात्रछात्राहरूको सहभागिता रहेको थियो ।

साझा घर नेपालका सञ्चालक भिम बहादुर विश्वकर्मा (हिमाल) ले स्वागत गरे पश्चात महाविद्यालयबाट प्रतिनिधित्व गरेका छात्रछात्राहरूद्वारा भोजन वितरण गरिएको थियो । भोजन वितरण पश्चात खाद्यान्न, कपडा लगायत खेलकुदका सामग्रीहरू हस्तान्तरण गरिएको थियो ।

कार्यक्रममा साझा घर नेपालका सञ्चालक विश्वकर्माले कोही पनि बालबालिका अभिभावक बिहिन नहोऊन् भन्ने उद्देश्यले उक्त संस्थाको थालनी गरेको जानकारी दिनुभयो ।

साथै महाविद्यालयका प्रिन्सिपल तथा सम्पर्क अधिकृतले साझा घरसँग सहकार्य गर्दै आगमी दिनहरूमा पनि सहयोगलाई निरन्तरता दिने प्रतिवद्धता जनाउनु भएको जानकारी महाविद्यालयका अतिरिक्त शैक्षिक क्रियाकलाप विभाग प्रमुख बेतेन्द्र कुमार दहालले जानकारी दिनुभयो ।

बार्षिकोत्सवका अवसरमा सैनिक महाविद्यालयको सहयोग

रुसद्वारा भिटो प्रयोगः मतदानमा चीन, भारत र

बार्षिकोत्सवका अवसरमा सैनिक महाविद्यालयको सहयोग

वडाध्यक्ष कार्कीको निधनपछि रत्न राजमार्ग-छिन्चु बजार बन्द,

Leave a comment

Your email address will not be published. Required fields are marked *