सल्यान-रोल्पा जोड्ने पक्की पुलको शिलान्यास

सल्यान, १३ फागुन ।
सल्यान–रोल्पा जोड्ने सडकको बागचौरको जंगारखोलामा पक्की पुल निर्माण हुने भएको छ । बागचौर नगरपालिका –२ र ८ को शारदा नदीको जंघारमा पक्की पुलको शिलान्यास गरिएको हो ।

कर्णाली प्रदेश र लुम्बिनी प्रदेशलाई जोड्ने उक्त सडकको कर्णाली प्रदेशका पूर्व मुख्यमन्त्रीका राजनीतिक सल्लाहकार भीम प्रकाश शर्मा र बागचौर नगरपालिकाका प्रमुख लोकमान बुढाथोकीले संयुक्त रुपमा पुलको शिलान्यास गर्नुभएको हो ।

पूर्व सल्लाहकार भीम प्रकाश शर्माले सल्यान र रोल्पाको विकासमा प्रदेश सरकारको विशेष प्राथमिकता दिएको बताउनुभयो । उहाँका अनुसार यस सडकले पालिका मात्र नजोडी दुई प्रदेशलाई जोड्ने भएकाले प्रदेशको गौरवको आयोजना हो ।

त्यस्तै, मेयर लोकमान बुढाथोकीले पुल बनेपछि धेरै समस्याको समाधान हुने बताउनुभयो । उहाँले भन्नुभयो ‘स्थानीय जनताको जीवनस्तरमा परिवर्तन ल्याउन पनि यस पुलको ठूलो भूमिका हुनेछ ।’

चार वर्षमा सम्पन्न गर्ने गरी प्राकृतिक निसान जेभी रुपन्देही भैरहवाले तीन करोड ६२ लाखको लागतमा २०७८ असार २७ गते सम्झौता गरेको थियो । चार वर्षको अवधि भए पनि आउँदो आर्थिक वर्षभित्रमा पुल निर्माण सम्पन्न गर्ने गरी काम अघि बढाइने निर्माण कम्पनीले जनाएको छ ।

२०६० सालमा ट्र्याक खुले पनि अहिलेसम्म बागचारै पातिहान्न सडकको स्तरोन्नति भने हुन सकेको छैन । सल्यानको सुन्तला पकेट क्षेत्र कोटमौला क्षेत्र पुग्न यही बाटो भएर जानु पर्ने भएकाले पनि पुल बने यहाँ कृषि उपज लैजान सजिलो हुनेछ ।

पुल निर्माण भएपछि आवतजावत गर्न निकै सहज हुने स्थानीय सर्गम वलीले बताउनुभयो । उहाँले भन्नुभयो ‘पुल नहुँदा नदीबाट वारपार गर्दा स्थानीयले निकै सास्ती व्यर्होदै आइरहेका थिए । अब पुल बन्यो भने निकै सहज हुनेछ । कोटमौला क्षेत्रबाट वर्षेनी सुन्तला र अदुवा ३५ करोड बराबरको जिल्ला बाहिर जाने गरेको छ ।

सल्यान-रोल्पा जोड्ने पक्की पुलको शिलान्यास

अज्ञात समूहद्वारा कालिमाटी गाउँपालिकाको कार्यालय तोडफोड

सल्यान-रोल्पा जोड्ने पक्की पुलको शिलान्यास

YUGAAWHAN NATIONAL DAILY (2078-11-13)

Leave a comment

Your email address will not be published. Required fields are marked *