नेपाल–भारत रुपडिया नाका बन्द गरिँदै

बाँके, १३ फागुन ।
नेपालगञ्जस्थित नेपाल–भारत सीमा जमुनाहनाका शुक्रबार साँझदेखि पूर्णरूपमा बन्द हुने भएको छ । भारतको बहराइच, श्रावस्तीलगायतका सीमावर्ती जिल्लामा यही फागुन १५ गते विधानसभाको निर्वाचन हुने भएकाले नेपालगञ्जस्थित जमुनाहानाका ६० घण्टाका लागि पूर्णरूपमा बन्द गरिने बाँकेका प्रहरी उपरीक्षक श्यामकृष्ण अधिकारीले जानकारी दिनुभयो ।

उहाँका अनुसार शुक्रबार बेलुकी ६ बजेदेखि फागुन १६ गते सोमबार बिहान ६ बजेसम्मका लागि सीमानाका पूर्णरूपमा बन्द गरिने छ । सीमानाकामा ६० घण्टासम्म सवारीसाधन र पैदलयात्रु आवतजावतमा पूर्ण रोक लगाइने छ ।

निर्वाचन प्रयोजनका लागि रुपइडिहालगायतको आन्तरिक सुरक्षालाई पनि अत्यन्त चुस्त र सुदृढ बनाउनुका साथै सिमानामा एकसाता अघिदेखि नै सुरक्षा जाँचमा समेत कडा पारिएको छ । आपात्कालीन सेवाबाहेक अन्य कुनै पनि सवारीसाधन र पैदलयात्रुलाई समेत आवागमनको छुट नहुने प्रहरी उपरीक्षक अधिकारीले बताउनुभयो ।

नेपाल–भारत रुपडिया नाका बन्द गरिँदै

सुर्खेतमा ‘नो एमसीसी’ लेखिएको बम डिस्पोज

नेपाल–भारत रुपडिया नाका बन्द गरिँदै

दलहरू तीव्र दाैडधुपमा, एमसीसी सम्झौताको सकिँदै डेडलाइन

Leave a comment

Your email address will not be published. Required fields are marked *