कुमाखमा चौथो राष्ट्रपति रनिङ्ग शिल्ड हुँदै

सल्यान, १० फागुन ।
कुमाख गाउँपालिका वडा नं.–२ मा राष्ट्रपति रनिङ्ग शिल्डको प्रतियोगिता हुने भएको छ । “राष्ट्रका लागि खेलकुद स्वास्थ्यका लागि खेलकुद भने मुल नाराका साथ छनौट प्रतियोगिता हुने भएको छ ।
कुमाख गागाउँपालिका–२ रुमालगाउ सल्यानको नारायण माध्यमिक बिद्यालय खेल मैदानमा यहि फागुन १४ गतेदेखि १६ गतेसम्म कुमाख गाउँपालिका अन्तरगत ११ ओटा माध्यमिक विद्यालयहरुबीच विभिन्न खेलकुदको प्रतियोगिता हुने भएको छ ।
कुमाख गाउँपालिका अन्तरगत चौथो राष्ट्रपति रनिङ शिल्ड सञ्चालन हुने भएको छ जसमा बिजेता खेलाडीहरुलाई स्वर्ण पदक, काश्य रजत मेडल प्रमाण–पत्र साथै धेरै खेल जित्ने बिद्यालयले शिल्ड पनि हात पार्नेछन् ।






