ठुलो संख्यामा सम्वाददाता माग्दै विज्ञापन खुल्यो

सुर्खेत, ८ फागुन ।
प्रिन्ट तथा विद्युतिय (अनलाइन) मिडियामा काम गर्न चाहने कर्णाली प्रदेश भित्रका युवाहरुका लागि आवेदन माग गरिएको छ । कर्णाली प्रदेशको पहिलो राष्ट्रिय पत्रिका युगआव्हान राष्ट्रिय दैनिकले एक सूचना जारी गर्दै कर्णाली प्रदेशका सबै जिल्ला र पालिकाहरु समेटने गरी सम्वाददाता माग गरेको हो ।
सूचक तथा सम्वाददाताका लागि १० जिल्ला, ७९ स्थानीय तह कार्यक्षेत्र समेटने गरी १८ जना माग गरिएको पत्रिकाका प्रकाशक/सम्पादक दीपक बुढाले जानकारी दिनुभयो । जिल्ला तथा स्थानीय तहबाट पठाइएका प्रारम्भिक सूचना, जानकारीलाई पत्रिका र अनलाईन पोर्टल www.yugnews.com मा प्राथमिकताका साथ प्रकाशित गरिने जनाइएको छ ।
जिल्ला सदरमुकाममा स्थायी वा अस्थायी रुपमा बसोबास गरी पत्रकारिता पेशालाई प्रमुख पेशा बनाएका युवाहरुले पूर्णकालिन जिल्ला सम्वाददातामा आवेदन दिन सक्ने जनाइएको छ । जिल्लालाई प्रदेश निर्वाचन क्षेत्र र पालिका समेटने गरी विभिन्न कलष्टरमा विभाजन गरिएको छ ।
कलष्टर अनुसार पालिकामै स्थायी रुपमा कुनै पेशा, व्यवसाय (सामाजिक परिचालक, शिक्षक, स्वास्थ्यकर्मी, कम्प्यूटर इन्स्टिच्यू सञ्चालक) गरी बस्ने मिडियामा अनिरिक्त समय दिन सक्ने युवाहरुलाई प्राथमिकता दिईने प्रकाशक बुढाले जानकारी दिनुभएको छ ।
सूचनाको पूर्णपाठ






