जीपको ठक्करबाट बालकको मृत्यु

हुम्ला, ५ फागुन ।
बोलेरो जीपको पछाडीको टायरले ठक्कर दिँदा ७ बर्षिय एक बालकको मृत्यु भएको छ । हुम्ला ताजाकोट गाउँपालिका–२ मैला बस्ने सुर्जविर लुहारको ७ बर्षिय छोरा मनिष लुहारको जीपको ठक्करबाट मृत्यु भएको हो ।

ताजाकोट गाउँपालिका–२ कवाडी बजार स्थिल ताजाकोटबाट धुलाचौर बाजुरा तर्फ जाँदै गरेको क.प्र.०२००१ ज ००४५ नम्बरको बोलेरो जीपले ठक्कर दिएको थियो ।

जीपको ठक्करबाट बालकको घटना स्थलमै मृत्यु भएको प्रहरी चौकी मैलाकवाडी हुम्लाले जानकारी दिएको छ । घटनापछि जीप चालक कालीकोट रास्कोट नगरपालिका–४ बस्ने बर्ष २१ को छेतान शाही र गाडीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रहरी चौकी मैलाकवाडीबाट प्रहरी सहायक निरिक्षक चन्द्रलाल गिरीको कमाण्डमा ५ जना र प्रहरी चौकी छप्रेला ताजाकोटबाट प्रहरी नायव निरिक्षक बलिभद्र पनेरुको कमाण्ठमा ४ जना प्रहरी टोली घटना स्थलमा खटिएको जनाइएको छ ।

जीपको ठक्करबाट बालकको मृत्यु

नेपालमा फेरि पेट्रोलियम पदार्थको के कति मूल्य

जीपको ठक्करबाट बालकको मृत्यु

तलब वृद्धिको माग गर्दै अस्ट्रेलियाका नर्स आन्दोलनमा

Leave a comment

Your email address will not be published. Required fields are marked *