राष्ट्रसंघका पाँच जना कर्मचारी अपहरणमा

दक्षिणी यमन,३ फागुन ।
साना-दक्षिणी यमनमा राष्ट्रसंघका पाँच जना कर्मचारी अपहरणमा परेका छन् । फिल्ड मिसन सकेर फर्किने क्रममा उनीहरु अपहरणमा परेको राष्ट्रसंघले जनाएको छ ।

अब्यान प्रशासकीय क्षेत्रबाट उनीहरु अपहरणमा परेको यमनस्थित राष्ट्रसंघका एक उच्च अधिकारीका प्रवक्ता रसेल गिकाइले जानाकारी दिए ।

अपहरित कर्मचारीहरुको रिहाईका लागि राष्ट्रसंघ अधिकारीहरुसँग नियमित सम्पर्कमा छ । गिकाइले भने । साउदी नेतृत्वको सैन्य गठबन्धनले यमनमा इरानसँगको गठबन्धन गरेको हुथी समूहविरुद्ध सन् २०१५ देखि लडिरहेको छ ।

हुथी विद्रो्हीले राजधानी सानाबाट सरकार अपदस्थ गरेपछि सन् २०१५ मा गठबन्धनले यमनको गृहयुद्धमा हस्तक्षेप गरेको थियो । द्वन्द्वका कारण दशौं हजार मानिस मारिएका छन् भने लाखौं विस्थापित भएका छन्, जसका कारण गम्भीर मानवीय संकट उत्पन्न भएको छ ।

राष्ट्रसंघका पाँच जना कर्मचारी अपहरणमा

सुर्खेतमा यथासिग्र लालपुर्जा दिइने : भूमि आयोग

राष्ट्रसंघका पाँच जना कर्मचारी अपहरणमा

जुम्लामा विरुवा बचेरै २५ लाख आम्दानी

Leave a comment

Your email address will not be published. Required fields are marked *

This will close in 0 seconds