जनयुद दिवसको अबसरमा शहिद परिवारलाइ ‘पितलको गाग्री’
प्रचण्ड खत्री
रुकुम पश्चिम, २ फागुन ।
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिकामा जनयुद्ध दिवसको अबसरमा शहिद परिवार र आफन्तलाई अभिनन्दन गरेको हो । बाँफिकोट गाउँपालिकाको आर्थिक सहयोगमा सहिदलाई सम्मान गरेको बाँफिकोट गाउँपालिका अध्यक्ष धर्मबहादुर केसीले बताए ।
जनयुदको बेला राज्य पक्ष र बिद्रोही पक्षबाट मारिएका गाउँपालिका भरिका ८५ जना शहिदका परिबार र आफन्तलाई एक सेट पितलको गाग्रीले अभिनन्दन गरिएको थियो । १ देखि १० वडाका सहिद परिवार आफन्तको उपस्तिथी रहेको थियो ।
स्थानीय तह निर्माण भएदेखिनै सहिदका परिबार र आफन्तलाई सम्मान र अभिनन्दन गर्न लागेको गाउँपालिका उपाध्यक्ष मनकला पुनले बताईन । मेलगैरी सहित स्मृति पार्कमा भएको कार्यक्रममा १ देखि १० वडाका सर्बसाधारणको सहभागिता रहेको थियो ।
प्रदेश सभा सदस्य रातो कामीले सहिदका परिवारलाई पितलको गाग्री दिएर अभिनन्दन गराभएका थिए । नेकपा माओबादी केन्द्र बाँफिकोट गाउँपालिकाको आयोजना र गाउँपालिकाको आर्थिक सहयोगमा कार्यक्रम आयोजना गरिएको थियो ।
अभिनन्दन कार्यक्रममा प्रदेश सभा सदस्य रातो कामी, बाँफिकोट गाउँपालिका अध्यक्ष धर्मबहादुर केसी, उपाध्यक्ष मनकला पुन, नेकपा माओबादी केन्द्रका केन्द्रीय स्कुलिङ बिभागका सदस्य महेन्द्र केसी, केन्द्रिय सुरक्षा बिभागका सदस्य कलबहादुर नाथ, नेकपा माओबादी केन्द्र प्रदेश कमिटी सदस्य चन्द्रबहादुर शाही, नेकपा माओबादी केन्द्र बाँफिकोट गाउँपालिका अध्यक्ष चन्द्रबहादुर केसी लगायतको सहभागिता रहेको थियो ।





