सेनाको हेलिकोप्टर मार्फत सुर्खेतबाट बझाङ साइपालमा खाद्यान्न ढुवानी

वीरेन्द्रनगर (सुर्खेत), २ फागुन ।
बझाङको साइपाल गाउँपालिकामा नेपाली सेनाको हेलिकोप्टरले खाद्यान्न ढुवानी गरेको छ । आइतबार सुर्खेतबाट बझाङ सदरमुकाम चैनपुर गएको पश्चिम एयरवेसको एमआइ–१७ हेलिकोप्टरबाट खाद्यान्न ढुवानी गरेको हो ।

गत साता भएको हिमपातका कारण साइपालमा खाद्यान्न ढुवानी हुन नसकेपछि सेनाको हेलिकोप्टरले गाउँपालिकाको वडा ३,४ र ५ मा ६० क्वीन्टल खाद्यान्न ढुवानी गरेको बझाङका प्रमुख जिल्ला अधिकारी बाबुराम अर्यालले जानकारी दिए ।

उनले हिमपातका कारण सो क्षेत्रमा खाद्यान्न ढुवानी हुन नसकेपछि सेनाको हेलिकोप्टरबाट खाद्यान्न ढुवानी गरिएको बताए । सेनाले सुर्खेतमा पश्चिम एयसवेस स्थापना गरेयता सुदूरपश्चिम, कर्णाली प्रदेश र लुम्बीनी प्रदेशका केही जिल्लामा आपतकालीन अवस्थामा खाद्यान्न ढुवानी, बिरामीको उद्धार र विपद न्यूनीकरणमा सहजता ल्याएको छ ।

सेनाको हेलिकोप्टर मार्फत सुर्खेतबाट बझाङ साइपालमा खाद्यान्न ढुवानी

सुर्खेतमा भ्यालेन्टाइन डे रौनक

सेनाको हेलिकोप्टर मार्फत सुर्खेतबाट बझाङ साइपालमा खाद्यान्न ढुवानी

महाभियोग दर्ता संगै एमालेले संसदीय दलको बैठक

Leave a comment

Your email address will not be published. Required fields are marked *

This will close in 0 seconds