वडाध्यक्षमा मिनराज डिसीको यति छिट्टै उम्मेदवारी किन ?

दुर्गा विसी
सल्लीबजार, १ फागुन ।
स्थानीय तहको आसन्न निर्वाचनमा बनगाड कुपिण्डे वडा नं १ बाट वडा अध्यक्षमा उम्मेदवार मिनराज डिसिले आफ्नो उम्मेदवारी रहने बताएका छ्न । निर्वाचन नजिकै गर्दा चुनावी महोल तातिँदै छ । नेकपा माओवादि केन्द्रका युवा मिनराज डिले आसन्न निर्वाचनमा नयाँ अनुहार, नयाँ जोस जाँग रहेका निस्वार्थ भावना भएका व्यक्ति हाभि हुनुपर्ने धारणा रहेको छ ।

आफुले बटुलेका अनुभव ,जनताको चासो अनुसार अब नेतृत्वमा आउनुपर्छ । त्यसैले मैले उम्मेदवार दिने घोषणा गरेको छु । मेरो वडा म जन्मेको वडा ११ भए पनि हाल म कृषि पेसामा वडा १ मा आवद्धता छु । मेरो स्थायी बसोबास यहि वडा रहेको छ । जिविकोपार्जन, आत्मनिर्भरताका लागि मैले स सानो भैंसी र बाख्रापालन व्यवसायी सुरु गरेको छु । कृषि व्यवसायीसँगै जनताको सेवा गर्ने इच्छा तत्परता देखिएकाले केही महत्वपुर्ण कामहरु बारे वडावासीलाई जानकारी गराउँदै विजयी बनाउन अपिल गर्नुभएको छ ।

डिसीले भने वडा अध्यक्षको उम्मेदवार मैले दिँदा जनताको मुहारमा खुसी, युवाको जोसजागर, बृदबृद्वाको आशा र भरोसा, ब्यवसायीको अपेक्षा, विद्यार्थीहरुले कुशल अभिभावक, सबैको साथ र सहयोगले समृद्ध वडाको विकासले नगरपालिका कै एक नमुना वडा भएको हेर्न चाहाने ठूलो आकाक्षा छ ।

जनताको दबाब र मेरो सामाजिक सेवा संधै नथाकी लाग्ने निरन्तरता दिने भएकाले वडाकै प्रतिनिधित्व गरेर अगाडी बढ्ने चाहानालाई वडावासीको माग रहेको छ । युवाहरुको वढ्दो चाहना अनुसार दवाबले मलाई वडा अध्यक्ष उम्मेदवार दिन सहज भएको बताए । विशेष गरी यो पहाडी सानो सहर बेरोजगारी अन्त गर्न रोजगारमुलक योजना अघि सार्नुका साथै यातायात व्यवस्थापन, अनाधिकृत रुपले कब्जा गरिएका सडक पेटी कब्जामुक्त बनाउने र सुनदेखि नुनसम्म एउटै व्यक्तिले व्यापार गरिरहेकाले त्यसको व्यवस्थापन गर्ने ।

नगरको मुटु मानिएको यो सल्लिवजारलाई सुन्दर स्माट सिटिकारुपमा विकास गर्ने, साथै भेरी नदी किनार र सल्यान पश्चिमको व्यापारिक नाका भएकोले प्राकृतिक सम्पदाले भरिपूर्ण यो ठाउँ यहाँका नागरिकको आर्थिक सम्वद्धितिर लम्किने उपाए खोज्ने छु । विभिन्न विकास निर्माणका योजना बनाउँदा जनतासंगै विज्ञहरुको पनि सल्लाह सुझाव लिएर मात्रै बनाउने डिसिको योजना छ ।

उनले आफुले गरेका प्रतिवद्धता पुरा गर्न नसके राजनितिक जिवनबाट अन्य उपाए खोजि गर्ने जनाए । यीनै एजेण्डा र योजनाका साथ आफु निर्वाचनमा उत्रिएको जनाउँदै विजयी गराउन सम्पूर्ण १ नम्बर वडावासीसंग हार्दिक अपिल गरिएको छ । आफु निर्वाचित भए पश्चात् राज्यले जनप्रतिनिधिका लागि दिने सबै सेवा सुविधा गरिव टुहुरा बालबालिकाका लागि सेवारत खर्च गर्नेछु ।

वडाध्यक्षमा मिनराज डिसीको यति छिट्टै उम्मेदवारी किन ?

८५ प्रतिशत जुम्लाका नागरिकलाइ कोभिडविरुद्धको खोप

वडाध्यक्षमा मिनराज डिसीको यति छिट्टै उम्मेदवारी किन ?

सुर्खेतमा भ्यालेन्टाइन डे रौनक

Leave a comment

Your email address will not be published. Required fields are marked *

This will close in 0 seconds