८५ प्रतिशत जुम्लाका नागरिकलाइ कोभिडविरुद्धको खोप

जुम्ला, २ फागुन ।
जिल्लाका आठवटै स्थानीय तहका ६९ हजार ३३२ जना नागरिकले कोभिडविरुद्धको खोप लगाएको जनस्वास्थ कार्यालय जुम्लाले जनाएको छ । कार्यालयका सूचना अधिकारी प्रेमबहादुर सार्कीका अनुसार कूल जनसङ्ख्याको ५६ प्रतिशत अर्थात् ४५ हजार ४८८ नागरिकले पूणर् मात्राको खोप लगाइसकेको , बुस्टर खोप दुई हजार ८८ जनाले मात्र लगाएको र सबैभन्दा बढी चन्दननाथ नगरपालिका नागरिकले कोभिडविरुद्धको खोप लगाएका छन् ।

नगरभित्रका २५ हजार ९९३ जनाले कोभिडविरुद्धको खोप लगाएको जनस्वास्थ्य कार्यालयले जनाएको छ । कोभिडविरुद्धको पहिलो खोप १३ हजार ९७२, दोस्रो खोप ११ हजार ७९४ र बुस्टर खोप एक हजार २२७ जनाले लगाएको चन्दननाथ नगरपालिका जनस्वास्थ्य निरीक्षक क्षेत्रबहादुर महतले बताए । पातारासी गाउपालिकामा पहिलो खोप नौ हजार ४६६, पूणर् खोप सात हजार ३१५ र बुस्टर १७३ जनाले लगाएका छन् ।

त्यस्तै कनकासुन्दरीमा कोभिडविरुद्धको पहिलो खोप ६ हजार १०७ र पूणर् खोप चार हजार ४३६ जनाले लगाएका छन् । सिञ्जामा पहिलो खोप पाँच हजार ३५४ र पूणर् खोप चार हजार ७६ जनाले कोभिडविरुद्धको खोप लगाएका छन् । गुठीचौर गाउँपालिकामा पहिलो खोप सात हजार ५२६, पूणर् खोप चार हजार ६५७ र बुस्टर खोप ४०७ जनाले लगाएको जनस्वास्थ्य सेवा कार्यालयको तथ्याङ्कमा उल्लेख छ ।

तातोपानी गाउँपालिकामा पहिलो खोप सात हजार ४४१ र पूणर् खोप चार हजार ६१६ जनाले कोभिडविरुद्धको खोप लगाएका छन् भने तिलामा पहिलो खोप पाँच हजार ९५४ र पूणर् खोप तीन हजार ५९४ जनाले लगाएका छन् । हिमा गाउँपालिकामा पहिलो खोप ६ हजार १९७ र पूणर् खोप चार हजार ६० जना र बुस्टर १७८ जनाले कोभिडविरुद्धको खोप लगाएको कार्यालय प्रमुख कृष्ण सापकोटाले बताए ।

पहिलो चरणको खोप लगाउन यहाँका नागरिकले मानेका थिएनन् । परीक्षणका लागि खोप आएको भन्दै धेरैले खोप लगाउन नमानेका हुन् । पछिल्लो समयमा सरकारले सार्वजनिक सेवा प्रवाहमा अनिवार्य खोप कार्ड लागू गरेपछि कोभिडविरुद्धको खोप लगाउनेको सङ्ख्या बढेको कार्यालय प्रमुख सापकोटाले बताए । हवाई सेवा लिन, सरकारी तथा गैरसरकारी कार्यालयमा सेवा लिन र सार्वजनिक भेला, गोष्ठीमा सहभागी हुन अनिवार्य रूपमा खोपकार्ड बोक्नुपर्ने नियम सरकारले लागू गरेपछि खोप लगाउन नागरिकलाई आकर्षित गरेको स्थानीय तहका स्वास्थ्य शाखाका प्रमुख बताउँछन् ।

मृत्यु भएका प्रति घरपरिवारलाइ एक लाख
जिल्ला प्रशासन कार्यालय जुम्लाले कोभिड-१९ सङ्क्रमणबाट मृत्यु भएका प्रति घरपरिवारलाई एक लाख रुपैयाँका दरले राहत रकम उपलब्ध गराएको छ । कणर्ाली प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालय, प्रदेश विपद् व्यवस्थापन कोषबाट जुम्लाका २२ मृतकका परिवार मध्येका हक वालालाई रकम उपलब्ध गराइएको प्रमुख जिल्ला अधिकारी विजयाकुमारी प्रसाईले बताइन् ।

पहिलो चरणको कोरोना सङ्क्रमणमा जुम्लाले मृत्यु बेहोर्नु परेको थिएन । दोस्रो सङ्क्रमणले मृत्यु भएका व्यक्तिका घरपरिवारलाई राहत उपलब्ध गराइएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

८५ प्रतिशत जुम्लाका नागरिकलाइ कोभिडविरुद्धको खोप

एमसीसी खारेजीको माग गर्दै समाजवादीको सुर्खेतमा प्रदर्शन

८५ प्रतिशत जुम्लाका नागरिकलाइ कोभिडविरुद्धको खोप

वडाध्यक्षमा मिनराज डिसीको यति छिट्टै उम्मेदवारी किन

Leave a comment

Your email address will not be published. Required fields are marked *

This will close in 0 seconds