बादी समुदायका बालबालिकालाई खाद्यान्न

सुर्खेत, १ फागुन ।
बादी सरोकार मञ्च सुर्खेतको संरक्षणमा रहेका ८० जना बालबालिकाहरुका लागि खाद्यान्न सहयोग गरिएको छ । सुर्खेतमा क्रियाशिल ७ वटा लायन्स क्लव अफहरुको सक्रियता र पहलमा खाद्यान्न सहयोग गरिएको छ ।

लायन्स अगुवा टीकाराम चपाईको नेतृत्वमा सरोकार मञ्चका संयोजक हिक्मत बादीलाई खाद्य सामाग्री हस्तान्तरण गरिएको छ । ५ बर्ष माथीका बादी समुदायका बालबालिकालाई आवासिय सुविधा सहित पठन पाठनमा सहयोग पुरयाएको बादी सरोकार मञ्चमा खाद्यान्न अभाव भएपछि सहयोग गरिएको हो ।

८० जना बालबालिकाका लागि ३७ हजार बराबरको खाद्यान्न हस्तान्तरण गरिएको लायन्स क्लव अफ सुर्खेतका अध्यक्ष सूर्य थापाले जानकारी दिनुभयो । लायन्स क्लव अफ सुर्खेत छिन्चु, लायन्स क्लव अफ वीरेन्द्रनगर सुर्खेत, लायन्स क्लव अफ सुर्खेत गढी, लायन्स क्लव अफ सुर्खेत इन्त्राम, लायन्स क्लव अफ सुर्खेत चौघान, लायन्स क्लव अफ सुर्खेत होराइजनले संयुक्त रुपमा खाद्यान्न सहयोग गरेका थिए ।

खाध्य सामाग्री सात वटै लायन्स क्लवको प्रतिनिधित्व गर्दै लायन्स टीकाराम चपाईको नेतृत्वको टोलीले हस्तान्तरण गरिएको छ । लायन्स क्लव अफ सुर्खेतका अध्यक्ष सूर्य थापाको अध्यक्ष एवं लायन्स क्ल्व अफ वीरेन्द्रनगरका सचिवले चलाउनुभएको थियो ।

बादी समुदायका बालबालिकालाई खाद्यान्न

एक महिनापछि आजबाट विद्यालय खुल्दै, विश्वविद्यालय पनि

बादी समुदायका बालबालिकालाई खाद्यान्न

सुर्खेत कुइनेकाे दुई प्रदेश जोड्ने पुल निर्माणकार्य

Leave a comment

Your email address will not be published. Required fields are marked *

This will close in 0 seconds