कोरोना प्रभाव ः सुर्खेतमा ४ कैदी जेलमुक्त

इकान्तिपुरबाट साभार
सुर्खेत, १८ चैत्र ।
कोरोना भाइरस (कोभिड–१९) को संक्रमणलाई मध्यनजर गर्दै सरकारले कारागारमा चाप घटाउन कैद मिनाहा गर्ने निर्णय गरेअनुसार सुर्खेत जिल्ला कारागारबाट ४ जना कैदी छुटेका छन् । सोमबार जिल्ला अदालतको आदेशबाट चारजना जेलमुक्त भएका हुन् ।

जेलर लक्ष्मी खरेलका अनुसार १ वर्षभन्दा कम कैद सजाय तोकिएका, आचरण राम्रो भएका र कैद भुक्तानी थोरै भएकालाई आवश्यक प्रक्रिया पुर्याएर अदालतको आदेशबाट जेलमुक्त गरिएको हो ।

सुर्खेत कारागारका २५ जना कैदीले कैद छुटको लागि निवेदन दिएका भए पनि पहिलो चरणमा चारजना मात्र छुटेका खरेलले बताइन्। ‘उनीहरूबाट बाँकी कैद अवधिको रकम असुल गरिनुका साथै समाजमा गएपछि राम्रो गर्ने, गलत काम नगर्ने कागजमा सही गराइएको छ,’ उनले भनिन, ‘लकडाउनमा राज्यले दिएको अवसरलाई उनीहरूले सदुपयोग गर्नुपर्छ ।’

कोरोना प्रभाव ः सुर्खेतमा ४ कैदी जेलमुक्त

अनेरास्ववियू नेता अधिकारीद्धारा विपद काेषमा १० हजार

कोरोना प्रभाव ः सुर्खेतमा ४ कैदी जेलमुक्त

यौन सम्पर्क गर्दा कोरोना भाइरस सर्छ ?

Leave a comment

Your email address will not be published. Required fields are marked *

This will close in 0 seconds