मुख्यमन्त्री राईले लिए शपथ, चार मन्त्री र एक राज्यमन्त्री नियुक्त

बिराटनगर : प्रदेश १ का नवनियुक्त मुख्यमन्त्री राजेन्द्र राईले शपथग्रहण गरेका छन्।

प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासीुले मुख्यमन्त्री राईलाई पद तथा गोपनीयताको शपथग्रहण गराएका हुन्। भीम आचार्यले मुख्यमन्त्रीबाट राजीनामा दिएपछि राई नियुक्त भएका हुन् ।

नवनियुक्त मुख्यमन्त्री राईले मंगलबारै सानो मन्त्रिपरिषद् गठन गरेका छन्।  राईले काङ्ग्रेसबाट दुई, माओवादी केन्द्रबाट एक र जनता समाजवादी (जसपा) बाट एक जनालाई मन्त्री नियुक्त गरेका हुन्।

नेकपा माओवादी केन्द्रका नेता इन्द्रबहादुर आङ्बो आर्थिक मामिला तथा योजना मन्त्री, जसपाका नेता जयराम यादव सामाजिक विकास मन्त्री, काङ्ग्रेस नेता हिमाल कार्की भौतिक पूर्वाधार विकास मन्त्री, काङ्ग्रेसकै केदार कार्की आन्तरिक मामिला मन्त्री, सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्चकी विष्णुमाया तुम्बाहाम्फे सामाजिक विकास राज्यमन्त्री नियुक्त भएका हुन् ।

नवनियुक्त मन्त्रीहरुले प्रदेश प्रमुख तथा राज्य मन्त्रीले मुख्यमन्त्री समक्ष शपथग्रहण गरेका छन्।

मुख्यमन्त्री राईले लिए शपथ, चार मन्त्री र एक राज्यमन्त्री नियुक्त

१३ लाखले गरे छुटमा कम्पनी विवरण अद्यावधिक

मुख्यमन्त्री राईले लिए शपथ, चार मन्त्री र एक राज्यमन्त्री नियुक्त

पछिल्लो २४ घण्टामा थप ४६९ जनामा कोरोना

Leave a comment

Your email address will not be published. Required fields are marked *