इजलास बहिष्कार गर्ने १५ न्यायाधीशविरुद्ध सर्वोच्चमा रिट

काठमाडौं : सर्वोच्च अदालतमा इजलास बहिष्कार गर्ने १५ न्यायाधीशविरुद्ध सर्वोच्च अदालतमै रिट दायर भएको छ।

अधिवक्ता कृष्ण प्रसाई, तोयानाथ ढुंगानालगायतले १५ न्यायाधीशविरुद्ध दायर गरेको रिटमा शुक्रबारबाटै मुद्दा स्वच्छ सुनुवाइका लागि परमादेश जारी गर्न माग गरिएको छ।

सर्वोच्च प्रशासनले भने रिट दर्ता भइनसकेको र प्रक्रियामा रहेको जनाएको छ।

न्यायाधीशहरूले इजलास बहिष्कार गर्दा बन्दी प्रत्यक्षीकरणसहित तत्काल सुनुवाई प्रभावित हुँदा न्यायको हक उल्लंघन भएको भन्दै पेशी सूचीमा रहेका मुद्दा हेर्न परमादेशको माग गरिएको छ ।

‘मुद्दाको सुनुवाई नहुँदा बन्दी र थुनुवाहरुले बिनाकारण सुनुवाई नै नभई चाडपर्वहरू समेत थुनामै रहन बाध्यतामा पार्ने स्थिति भएको हुँदा उक्त उल्लेखित मौलिकहरुको गम्भीर उल्लंघन हुन पुगेको छ’ रिटमा भनिएको छ।

इजलास बहिष्कार गर्ने १५ न्यायाधीशविरुद्ध सर्वोच्चमा रिट

सवारीको ठक्करबाट नागढुङ्गा सुरुङमार्गमा मजदुरको मृत्यु

इजलास बहिष्कार गर्ने १५ न्यायाधीशविरुद्ध सर्वोच्चमा रिट

देशभर १० हजार १५१ सक्रिय संक्रमित, थप

Leave a comment

Your email address will not be published. Required fields are marked *