‘कांक्रेविहार गोल्डकप’ दोस्रो खेल सुरू

सुर्खेत । वीरेन्द्रनगरमा जारी अन्तरपालिकास्तरीय ‘कांक्रेविहार गोल्डकप’ को आज दोस्रो दिनको खेल सुरू भएको छ । जारी दोस्रो खेलमा वीरेन्द्रनगर नगरपालिका र सिम्ता गाउँपालिकाबीच प्रतिष्पर्धा भईरहेको छ ।

खेल सुरू भएदेखि कुनैपनि टिमले गोल गर्न सकेको छैन् । भने खेल १५ मिनेटका लागि स्थगित भएको छ ।

हिजो बुधबार भएको फुलबल खेलमामा पञ्चपुरीले विजयी सुरुवात गरेको छ । खेलमा पञ्चपुरी नगरपालिकाको टिमले गुर्भाकोट नगरपालिकाको टिमलाई २–० ले हराउँदै विजयीको खाता खोलेको हो ।

खेल शुरु भएको १० मिनेटमा पञ्चपुरी नगरपालिकाको टिमले खाता खोल्न सफल भएको थियो । खेलको ३६ औं मिनेटमा पञ्चपुरीका महेन्द्र विकले दोस्रो गोल गरेर टीमलाई अग्रता दिलाउँदै म्यान अफ द म्याच घोषित समेत भएका छन् ।

बुधबारदेखि भएको खेल १४ गतेसम्म सञ्चालन हुने छ । भने कपमा विजेताले एक लाख र उपविजेताले ५० हजार पुरस्कार, ट्रफी पाउनेछन् ।

 

‘कांक्रेविहार गोल्डकप’ दोस्रो खेल सुरू

संसदमा बिहीबार पनि एमालेको नाराबाजी

‘कांक्रेविहार गोल्डकप’ दोस्रो खेल सुरू

हवाइ सेवा सुधारा

Leave a comment

Your email address will not be published. Required fields are marked *